नेप्सेमा सामान्य सुधार, ट्रयाकमा फर्कने सम्भावना, बुक क्लोजपछि लाइफ इन्सुरेन्स ८८७ रुपैयाँ

बिजमाण्डू
२०६९ पुष १८ गते ००:०० | Jan 2, 2013
नेप्सेमा सामान्य सुधार, ट्रयाकमा फर्कने सम्भावना, बुक क्लोजपछि लाइफ इन्सुरेन्स ८८७ रुपैयाँ

काठमाडौं । बुधवार नेप्से सूचकमा हरियाली फर्कियो, ५२९ अंकबाट खुलेको नेप्से ५२६ अंकको सीमासम्म झरेको थियो, बजार बन्द हुँदा वृद्धि भएर ५३२ अंक नजिक पुगेको थियो ।  बैकिङ्ग समूहको सूचक बुधवार १.११ अंकले माथि चढ्यो । जलविद्युत समूह ०.५८ अंक र फाइनानस समूहको सूचक ०.५२ अंकले माथि चढ्यो ।
होटल समूह ०.९४ अंक, विकास बैंक समूह १.५८ अंक, इन्सुरेन्स १.६७ अंक र नेपाल टेलिकमको कारोवार हुने अन्य समूह ७.०५ अंकले तल झरे । नागरिक लगानी कोषको सेयरमूल्य १४ रुपैयाँले बढेर १४१४ मा कारोवार भयो । एभरेष्ट बैंक लिमिटेड कन्भर्टिवल प्रिफरेन्स सेयर १४ रुपैयाँले तल झरेर ७५० मा कारोवार भयो ।
हिमालयन बैंकको सेयर १६ रुपैयाँले माथि चढेर ८२१ मा कारोवार भयो भने हिमालयन जनरल इन्सुरेन्सको सेयर १९ रुपैयाँले तल झरेर १९५ मा कारोवार भयो । बुक क्लोजका कारण लाइफ इन्सुरेन्स कम्पनीको सेयर मूल्य ५२३ रुपैयाँले तल बन्द भयो । प्रतिकित्ता १४१० मा कारोवार हुँदै आएको लाइफ इन्सुरेन्सको बुधवार प्रतिकित्ता ८८७ मा कारोवार भयो । यो कम्पनीको बुक क्लोजपछिको पहिलो कारोवार हो ।
विहिवार साधरणसभा गर्न लागेको कम्पनीले सेयरधनीलाई ६२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांस दिंदै छ । बोनस सेयर वितरणपछि बढेको चुक्ता पुँजीमा कम्पनीले चार सेयर बराबर एक सेयर हकप्रदको प्रस्ताव गर्दैछ । नेपाल बैंकको सेयर मूल्य बढ्ने क्रम बुधवार पनि रोकिएन । बैंकको प्रतिकित्ता ८५ रुपैयाँले सेयर मूल्य बढेपछि प्रतिकित्ता ९४१ रुपैयाँ पुगेको छ । नेपाल बैंकको ११ सेयर कारोवारबाट २६ हजार ५९१ कित्ता सेयर कारोवार भयो । कम्पनीको बुधवार मात्रै एक करोड २६ लाख रुपैयाँको सेयर कारोवार भएको हो । यो बैंकको अहिलेसम्मकै उच्च कारोवार हो ।
बोनस सेयर घोषणा गरेको प्रुडेन्सियल इन्सुरेन्सको बुधवार एकै दिन १६ रुपैयाँले सेयर मूल्य घटेर १६८ मा कारोवार भयो । कम्पनीले बुधवार २५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । चार्टड बैंकको सेयर बुधवार २४ रुपैयाँले घटेर प्रतिकित्ता २०८१ मा कारोवार भयो । सगरमाथा इन्सुरेन्सको १४ रुपैयाँ घटेर ७३४ मा र शिखर इन्सुरेन्सको १६ रुपैयाँ घटेर ३९४ मा कारोवार भयो । बुधवार ३२ कम्पनीको सेयर मूल्य घट्यो, २२ कम्पनीको सेयर मूल्य भने बढ्यो ।

Tata
GBIME
Nepal Life