किर्ते गर्ने संघाईको पक्षमा एफएनआईसीसीपछि नेपाल चेम्वर पनि आयो, बचाउ गर्दै प्रेस विज्ञप्ति

बिजमाण्डू
२०६९ पुष १२ गते ००:०० | Dec 27, 2012

काठमाडौं । सरकारी कागज किर्ते गरेको आरोपमा हिरासतमा रहेका गोविन्दलाल संघाई वेकसुर रहेको भन्दै रिहा गर्न नेपाल चेम्बर अफ कमर्शले माग गरेको छ । यसअघि यस्तै विज्ञप्ति नेपाल उद्योग वाणिज्य महासंघले पनि जारी गरेको थियो । करचुक्ता प्रमाणपत्र लिनुअघिनै रकम दाखिला गरिसकेको अवस्थामा नक्कली बनाउनुपर्ने कुनै कारण नदेखिएको भन्दै चेम्बरले वेकसुर रहेको दावी गरेको हो ।
‘कम्पनीबाट चेम्बरलाई प्राप्त सक्कल कागजात, राजस्व दाखिला भौचर, करदाता सेवा कार्यालयबाट उपलब्ध गराएको कर दाखिला प्रमाणित पत्रहरुको अध्ययनमा किर्ते कागजात बनाउनुपर्ने कारण देखिदैन,’ चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ । उता प्रहरीले गरेको अनुसन्धानमा महासंघ र चेम्वरले दख्खल दिएको भन्दै महासंघ र चेम्वर भित्रै यस विषयमा विरोध पनि भैरहेको छ । विरोधकै कारण पक्राउ लगत्तै जारी गर्ने भनेर तयार भएको प्रेस विज्ञप्ति महासंघले दुई सातापछि र चेम्वरले तीन सातापछि जारी गरेको हो ।

Tata
GBIME
Nepal Life