फेसबुकले सुरक्षा सुविधा सहज पार्यो, सेटिङ अप्सनमाथि सारियो, एक्टिभिटी लग पनि सहज बन्यो

बिजमाण्डू
२०६९ पुष ८ गते ००:०० | Dec 23, 2012
फेसबुकले सुरक्षा सुविधा सहज पार्यो, सेटिङ अप्सनमाथि सारियो, एक्टिभिटी लग पनि सहज बन्यो

लण्डन । लोकप्रिय सामाजिक संजाल फेसबुकले प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षासम्बन्धी सुविधाहरु थप गर्नुका साथै सेटिङको स्थान समेत परिवर्तन गरेको छ । फेसबुकले सेटिङ ब्वयस्थापन निक्कै सहजपारेको छ । कम्पनीले सेटिङसम्बन्धी पुरानो एउटा अप्सनलाई हटाएको छ भने दुईवटा नयाँ अप्सन थपेको पनि छ । अबदेखि तपाँईले सेयर गर्ने फोटो र स्टाटसमा नै सेटिङ उपलब्ध हुनेछन । सेटिङको अप्सनमा गएर तपाईले ती फोटा कसले हेर्न पाउने नपाउने मिलाउन सक्नुहुन्छ । त्यसैगरी कसले कसले तपाँईलाई फ्रेण्ड रिक्वेस्ट पठाउन सक्ने भनेर पनि मिलाउन सक्नुहुन्छ ।    
नयाँ परिवर्तनपछि पहिले अप्सनभित्र रहने सेटिङ माथि नै देखिन थालेको छ । अहिले सेटिङ होम बटनको छेउमा राखिएको छ । यसैगरी फ्रेण्ड रिक्वेस्ट लगायत अन्य सुविधाका सेटिङहरु पनि हरेक सुविधाकै छेउमा आउने व्यवस्था मिलाइएको छ ।
यसैगरी अबदेखि युजरहरुले आफूले  गरेका कार्यहरुको विवरण (एक्टीभिटी लग) सहजताका साथ प्रयोग गर्न सक्नेछन् । यीबाहेक ट्याग गरिएका फेटोहरु हटाउन तथा तिनीहरुको उचित व्यवस्थापन पनि सहज पारिएको छ ।
कम्पनीले सेटिङमा प्रयोग भएका शब्दको ठाउँमा सबैले बुझ्ने शब्द प्रयोग गर्नुका साथै अन्य थुप्रै परिवर्तन गर्दै सहजखालको सेटिङ तयार गरेको छ । अबदेखि तपाँईले कसैलाई ब्लक गर्नुप¥यो वा आफ्नो एकाउण्ट डिएक्टीभेट गर्नुप¥यो भने सेटिङ कहाँ होला भनेर खोज्नु पर्दैन र कसरी गर्नु होला भनेर सोचिरहनु पनि पर्दैन ।

Tata
GBIME
Nepal Life