टाटाको नयाँ एसयुभी नेपाली बजारमा, मूल्य ३० लाख रुपैयाँ

बिजमाण्डू
२०६९ असार २९ गते ००:०० | Jul 13, 2012
टाटाको नयाँ एसयुभी नेपाली बजारमा, मूल्य ३० लाख रुपैयाँ

काठमाडौं । टाटा मोटर्सले नेपाली वाटो सुहाउँदो नयाँ गाडी ल्याएको छ । सस्तो र इन्धन कम खाने ग्रान्डी स्पोर्टस् युटिलिटी भेहिकल्स (एसयुभी) ल्याएको हो । गाडीको मूल्य २९ लाख ८५ हजार रुपैयाँ पर्ने छ । नयाँ गाडी खाल्डाखुल्डी, उकालो ओरालो बनोट नमिलेका सडकमा समेत सजिलै चलाउन सकिन्छ । टाटाको नेपाली आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङबाट यो गाडी किन्न सकिन्छ ।
डिजेलबाट चल्ने एसयुभी अन्य कम्पनीका पेट्रोल गाडीभन्दा मूल्यमा सस्तो छ । विक्रेताले मध्यम वर्गीयलाई लक्षित गरी गाडी ल्याइएको जनाएको छ । कम्पनीका आनुसार अहिलेको मूल्यमा डिजेल गाडीले प्रति किलोमिटर ५ रुपैयाँ इन्धन खर्च गर्छ । यसअघिको पेट्रोल गाडीको खर्च भने ८ रुपैयाँ पर्न जान्छ ।
ग्रान्डी एलएक्स एक लिटर डिजेलमा १२ किलोमिटर दौडन्छ । २ हजार १ सय ७९ सिसी इन्जिन क्षमताको यो गाडीले १ सय २० पिएससम्मको शक्ति उत्पादन गर्छ । आठ सिट क्षमताको नयाँ गाडीको सवैभन्दा पछाडिको सिट भने साइड फेसिङ छन् । घुमफिरमा रुची राख्नेलाई नयाँ गाडी उपयुक्त हुने विक्रेताको दावी छ । ६५ लिटरको इन्धन ट्याङकी भएको गाडीमा ६ वटा स्पीकर भएको म्युजिक सिस्टम छ । २ वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी सुविधा यसमा छ । कम्पनीले किस्तावन्दीमा समेत गाडी उपलब्ध गराउँछ ।

Tata
GBIME
Nepal Life