कलंकी–कोटेश्वर सन् २०१४ सम्म दश लेन सडक बन्दै, तीन महिनापछि काम सुरु हुने

बिजमाण्डू
२०६७ कात्तिक ७ गते ००:०० | Oct 24, 2010

काठमाडौँ । झण्डै पाँच अर्ब रुपैयाँ लगानीमा काठमाडौंको साढे नौ किलोमिटर रिंगरोड स्तरोन्नती तीन महिनापछि सुरु हुने भएको छ । काठमाडौंको कंलंकीबाट कोटेश्वरसम्मको सडक चिनीयाँ अनुदानमा सुरु हुन लागेको हो ।
सडक निर्माणसम्वन्धी सम्झौतापत्रमा मंगलवार सडक विभागका महानिर्देशक दिनकर शर्मा र साङ्घाइ कन्सट्रक्सन ग्रुपका नायब महानिर्देशक सेन सिइङले हस्ताक्षर गरेका छन् । चिनियाँ प्रधानमन्त्री वेनजिया बाओको गत पुस ३० गते भएको नेपालको औपचारिक भ्रमणका बेला चक्रपथ विस्तारको सैद्धान्तिक सहमति भएको थियो ।
सन् २०१४ भित्र सम्पन्न गरिने यो परियोजना अगाडी बढाउन चीनबाट दुई सयजना कामदार र आवश्यक उपकरण  ल्याइने भएको छ । श्रमिकलाई आवासको व्यवस्था गर्न दुई महिना लाग्ने भएकाले तीन महिनापछि काम सुरु हुने बताइएको हो ।
आगामी तीन महिनाभित्र निर्माण प्रारम्भ हुने उक्त सडकखण्डको लागत तीन करोड ५० लाख येन छ । यो सडकको दायाँबायाँ चारलेनको दुईतर्फी सडक र दुबैतर्फ एकएक लेनको साइकल लेन र पदयात्री मार्ग रहनेछ । परियोजना अन्र्तगत कलंकी, सातदोबाटो र कोटेश्वरमा आकाशेपुल बनाइने महानिर्देशक शर्माले जानकारी दिनुभयो । निर्माणपछि यो सडक ६२ मिटर फराकिलो हुनेछ ।

Tata
GBIME