नेपाल बैंकर्स संघको उपाध्यक्षमा ग्रान्ड बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्री नियुक्त

बिजमाण्डू
२०६७ कात्तिक ७ गते ००:०० | Oct 24, 2010
नेपाल बैंकर्स संघको उपाध्यक्षमा ग्रान्ड बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्री नियुक्त


काठमाडौं । नेपाल बैंकर्स संघको उपाध्यक्षमा ग्रान्ड बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीलाई मनोनयन गरिएको छ । संघको मंगलवार बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई उपाध्यक्ष चयन गरेको हो । बैंकर्स संघको विधानमा एउटा उपाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ ।
दुई साता अघि सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी संघको अध्यक्ष चयन भएका थिए । मंसिर २२ गते अघिसम्म भण्डारी संघको उपाध्यक्ष थिए । संघको अर्को उपाध्यक्षमा अहिले एनएमबी बैंकका उपेन्द्र पौडेल कार्यरत छन् ।संघमा ३२ वटै वाणिज्य बैंक र २ वटा विकास बैंक सदस्य छन् । विकास बैंकका तर्फबाट एसडेभलपमेन्ट बैंक र एनआइडिसी डेभलपमन्ट बैंक सदस्य छन् । खारेजीमा गइसकेको नेपाल विकास बैंक पनि सदस्य थियो ।

Tata
GBIME