
नयाँदिल्ली । किंगफिसर एयरलाइंसका प्रमुख विजय माल्याले कम्पनीमा चार अर्ब २५ करोड भारतीय रुपैयाँ बराबरको नयाँ पुँजी लगाउने भएका छन् । सोमबार एसबीआइले नेतृत्व गरेको कन्र्सोटियम बैठकमा माल्याले नयाँ लगानीको घोषणा गरेका हुन् । एयरलाइन्स अहिले चरम आर्थिक संकटबाट कारण गुर्जिरहेको छ । माल्याले लगानी थपेपछि एयरलाइन्सलाई लगानी गरेका बैंकहरुको समूहले पनि थप ऋण दिने घोषणा गरेका छन् ।
कर्मचारीलाई तलब सुविधा र विमानस्थलमा तिर्नुपर्ने रकम समेत भुक्तानी गर्न नसकेपछि अक्टोबरदेखि एयरलाइन्सले उडान भर्न सकिरहेको छैन । एयरलाइंसको अवस्था कमजोर हुँदै गएपछि विमान नियामक सस्था डिजिसीएले कम्पनीको उडान अनुमति पत्र समेत रद्द गरिदिएको छ ।
विमानस्थलको बक्यौता रकम भुक्तानी नगरेको भन्दै केहि दिन अघि मुम्बई विमानस्थले कम्पनीका विमान समेत कब्जामा लिएको थियो ।