काठमाडौ । साताको अन्तिम दिन शुक्रवार सुन तोलामा दुइ सय रुपैयाँले बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले शुक्रवारको लागि छापावाला सुन प्रति तोलाको ५९ हजार दुइ सय रुपैयाँ तोकेको छ । विहिवार सुन तोलामा तीन सय रुपैयाँले घटेर प्रति तोलाको ५९ हजार रुपैयाँमा कारोवार भएको थियो । साताको पहिलो दिन तोलामा १५० रुपैयाँले बढेर कारोवार भएको सुनको मुल्य त्यस यता लगातार ओरालो लागिरहेको थियो । शुक्रवार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोलाको ११ सय ६५ रुपैयाँमा कारोवार भएको छ । विहिवार चाँदीको मुल्यमा कुनै परिवर्तन भएको थिएन ।
