क्यासिनो नेपालको नयाँ व्यवस्थापनविरुद्ध ४६ कर्मचारी श्रम अदालतमा, तलव नघटाउन दवाव

बिजमाण्डू
२०६९ मंसिर २८ गते ००:०० | Dec 13, 2012

काठमाडौं । पाँचतारे होटल सोल्टीमा रहेको क्यासिनो नेपालका कर्मचारीहरु नयाँ व्यवस्थापन समूह माजोङ इन्टरटेन्मेन्टविरुद्ध श्रम अदालतमा मुद्धा दायर गरेका छन् । व्यवस्थापनले ३० वर्षभन्दा बढी अवधिदेखि कार्यरत मजदुरको तलब घटाएर नयाँ नियुक्ति दिन खोजेपछि उनीहरुले मुद्धा दायर गरेका हुन् ।
विगत २४ महिनादेखि तलब भत्ता तथा ४८ महिनादेखि सञ्चयकोषको रकम नपाएका मजदुरहरुले होटल सोल्टी, क्यासिनोको नयाँ व्यवस्थापक माजोङ इन्टरटेन्मेन्ट, विगतको व्यवस्थापक नेपाल रिक्रियशन सेन्टर तथा अर्थ र पर्यटन मन्त्रालय समेतलाई विपक्षी बनाई श्रम अदालतमा मुद्धा दायर गरेका हुन् ।
क्यासिनो नेपालमा कार्यरत विभिन्न तहका ४६ जना कामदार कर्मचारीले बुधबार श्रम अदालतमा दायर गरेका हुन् । गैरकानुनी तरिकाले सेवाको शर्त परिवर्तन गर्ने तथा पारिश्रमिक घटाउने निर्णय बदर गनै माग गरेको सोल्टीस्थित क्यासिनो मजदुर कानूनी संघर्ष एवं वार्ता समिति–२०६९ का संयोजक मुकुन्दराज खरेलले बताए ।
उनीहरुले नयाँ व्यवस्थापनसँग अनवरत सेवा कायम गर्न र बक्यौता पारिश्रमिक तथा अन्य सुविधाबापतको रकम एकमुष्ठ भुक्तानी दिलाउन माग गरेका छन् । माजोङ इन्टरटेन्मेन्टले दीर्घसेवा गरेका कामदार कर्मचारीलाई तीन किस्ता गरी दुई लाख ५० हजार रुपैंया बुझेर अवकास लिन वा नयाँ नियुक्ति लिई घटेको सेवा सुविधा लिन दबाब दिँदै आएको कर्मचारीको दावी छ ।
क्यासिनो कर्मचारीका अनुसार व्यवस्थापनले तलब भत्ता, सञ्चयकोष, बिदा बापतको रकम, प्रोत्साहन भत्ता समेत गरी नौ करोड ३४ लाख ६३ हजार ४ सय २२ रुपैंया बक्यौता छ ।

Tata
GBIME
Nepal Life