सामसङको नेपालगञ्जमा स्मार्ट फोनको क्याफे, दुई हजारदेखि ७० हजारसम्मको मोबाइल पाइने

बिजमाण्डू
२०६९ मंसिर २६ गते ००:०० | Dec 11, 2012
सामसङको नेपालगञ्जमा स्मार्ट फोनको क्याफे,  दुई हजारदेखि ७० हजारसम्मको मोबाइल पाइने

काठमाडौ | सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजले नेपालगञ्जमा स्मार्ट फोन क्याफे सञ्चालनमा ल्याएको छ । उपभोक्ताको अत्याधुनिक मोबाइल प्रयोग गर्ने  चाहनालाई ध्यानमा राखेर यो क्याफे सञ्चालनमा ल्याएको हो । क्याफेको इन्टरनेसनल मार्केटिङका अध्यक्ष दिपक मल्होत्राले उद्घाटन गरे । यो क्याफेबाट सामसङका सबै मोबाइल किन्न सकिने बताइएको छ । क्याफेमा सामसङका दुई हजारदेखि ७० हजार रुपैयाँ मूल्य पर्ने मोबाइल सेट पाइनेछ । ग्राहकले क्याफेमा मोबाइल चलाएर अनुभव हासिल गरेपछि किन्न सक्ने व्यवस्था गरिएको छ ।

Tata
GBIME
Nepal Life