सुन फेरी डेढ सय रुपैयाँ बढ्यो, प्रतितोलाको ५९ हजार ६५० रुपैयाँ

बिजमाण्डू
२०६९ मंसिर २२ गते ००:०० | Dec 7, 2012

काठमाडौ । साताको अन्तिम दिन शुक्रवार सुन तोलामा १५० रुपैयाँले बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले शुक्रवारको लागि सुन प्रति तोलाको ५९ हजार ६५० रुपैयाँ तोकेको छ । विहिवार सुन तोलामा १५० रुपैयाँले घटेर प्रति तोलाको ५९ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । साताको पहिलो दिन तोलामा एक हजार रुपैयाले घटेर सुरु भएको सुनको कारोवारमा यो साता उतार चढाव देखिएको छ । शुक्रवार चाँदीको मुल्यमा कुनै परिवर्तन भएन विहिवार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोलाको ११ सय ७५ रुपैयामा कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life