इतिहादले भारतीय कम्पनी जेट एयरवेजको २४ प्रतिशत हिस्सा १६ अर्ब भारुमा खरिद गर्ने

बिजमाण्डू
२०६९ मंसिर १८ गते ००:०० | Dec 3, 2012
इतिहादले भारतीय कम्पनी जेट एयरवेजको २४ प्रतिशत हिस्सा १६ अर्ब भारुमा खरिद गर्ने

मुम्बई । जेट एयरवेजले आफ्नो २४ प्रतिशत हिस्सा इतिहाद एयरवेजलाई विक्री गर्ने भएको छ । उडड्यनमन्त्रालय स्रोतलाई उद्घृत गर्दै इकोनोमिक टाइम्सले १६ अर्ब भारुमा २४ प्रतिशत विक्री गर्न लागेको जानकारी दिएको छ । यो डिल यस वर्षको अन्तसम्म हुने र हिस्सेदारी मार्च २०१३ सम्म विक्री भैसक्ने जानकारी पनि समाचारमा दिइएको छ ।
यो पुर्ण वित्तीय लेनदेन मात्र नभएर इतिहाद र जेट एयरवीच प्राविधिक ज्ञान आदान प्रदान पनि हुनेछ । जेट एयरको हिस्सेदारी इतिहाद एयरलाइन्सले खरिद गर्ने समाचार सार्वजनिक भएपछि सोमवार जेट एयरको सेयर मूल्य पाँच प्रतिशत बढेको छ ।
भारत सरकारले सेप्टेम्बरमा अन्तराष्ट्रिय विमान कम्पनीलाई स्थानीय विमान कम्पनीमा ४९ प्रतिशतसम्म सेयर विक्री गर्न दिने कानून बनाएको थियो । जेट र इतिहाद एयरलाइन्सवीच सेयर खरिद विक्रीका विषयमा छलफल चलिरहेको छ, इकोनोमिक टाइम्सले स्रोत उद्घृत गर्दै लेखेको छ । जेट यात्रु ओसारपसार गर्ने संख्याका आधारमा भारतको सबैभन्दा ठूलो विमान कम्पनी हो । जेटसँग अहिले एक सयवटा विमान छन् ।
जेट र इतिहादवीच यस अघि नै कोड साझेदारी गर्ने सहमति भैसकेको छ । यी दुईको साझेदारीले खाडीको रुटमा एयर इण्डिया र दुबईको कम्पनी इमिरेट्स एयरलाइन्सको हिस्सा खोसिनेछ ।
इतिहादले यस अघि एयर बर्लिन र भर्जिन अष्टे«लियाको सेयर हिस्सा खरिद गरेको छ । कम्पनीले एशियामा सेवा विस्तारका लागि लगानी बढाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले गत महिना रोयटर्सलाई बताएका थिए ।

Tata
GBIME
Nepal Life