दूग्ध विकास संस्थानले दूधको मूल्य लिटरमा दुई रुपैयाँ बढायो, अबदेखि प्याकेटको २५ रुपैयाँ

बिजमाण्डू
२०६९ मंसिर १६ गते ००:०० | Dec 1, 2012
दूग्ध विकास संस्थानले दूधको मूल्य लिटरमा दुई रुपैयाँ बढायो, अबदेखि प्याकेटको २५ रुपैयाँ

काठमाडौं । दुग्ध विकास संस्थानले आजदेखि दूधको मूल्य बढाएको छ । संस्थानले दूधको मूल्य एक लिटरमा दुई रुपैयाँ बढाएको छ । अब उपभोक्ताले एक प्याकेट दूधको मूल्य २५ रुपैयाँ तिर्नुपर्नेछ । संस्थानले बढ्दो लोडसेडिङ, डिजेल तथा विद्युतमा भएको मूल्यवृद्धि, कारखानाको पाटपूर्जाको मूल्य बढेकोले दूधको मूल्य बढाउन बाध्य भएको जनाएको छ । संस्थानले आगामी फागुनदेखि किसानबाट खरीद गरिने कच्चा दूधको मूल्य बढाइने जनाएको छ । संस्थानले दूधको मूल्य बढाएपछि निजी डेरी उद्योगीले समेत मूल्य बढाउने भएका छन् ।
डेरी उद्योग संघले मूल्य बढाउनको लागि आज बैठक बस्दैछ । संघका एक सदस्यका अनुसार निजी डेरीले समेत एक लिटरमा दुई रुपैयाँ मूल्य बढाउनेछ । यो मूल्य भने आइतबारदेखि कार्यान्वयनमा आउनेछ ।

Tata
GBIME
Nepal Life