नाफा घटे पनि एनआईसी बैंकको लाभांस बढ्यो, २५ प्रतिशत नगद लाभांसको प्रस्ताव

बिजमाण्डू
२०६९ मंसिर १४ गते ००:०० | Nov 29, 2012

काठमाडौं । नाफा दश करोड रुपैयाँले घटे पनि एनआईसी बैंकले सेयरधनीलाई लाभांस भने बढाएको छ । अघिल्लो वर्ष २० प्रतिशत नगद लाभांस दिएको बैंकले यो वर्ष २५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ३९ करोड ४१ लाख रुपैयाँ मुनाफा गरेको थियो । त्यसअघिल्लो वर्ष बैंकको मुनाफा ४९ करोड ५७ लाख रुपैयाँ थियो । मुनाफा बढी हुँदा कम प्रतिफल दिएको बैंकले यस वर्ष कम मुनाफा हुँदा बढी प्रतिफल दिएको हो । ठूलो मात्रामा नाफा घटेपछि बैंकले सेयरधनीलाई राम्रो प्रतिफल दिनुपर्ने दवावमा थियो ।
बैंकले प्रस्ताव गरेको यो लाभांस राष्ट्र बैंकको स्वकृती र साधरणसभाको अनुमोदनपछि वितरण गरिनेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने राम्रो मुनाफा गरेको छ । बैंकले पहिलो त्रैमासमा १२ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले जारी विज्ञप्तिमा छ । बैंकका ३६ शाखा र ३७ एटिएम काउण्टर छन् । बैंक र बैंक अफ एशिया गाभिनका लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको छ ।

Tata
GBIME
Nepal Life