टेलिकमले झार्यो नेप्से परिसूचक, प्रुडेन्सियल र गोर्खाको कारोवार रोकियो

बिजमाण्डू
२०६९ असार २७ गते ००:०० | Jul 11, 2012
टेलिकमले झार्यो नेप्से परिसूचक, प्रुडेन्सियल र गोर्खाको कारोवार रोकियो


काठमाडौं । नेपाल टेलिकमको सेयर मुल्य एकै दिन आठ रुपैंयाले घटदा बुधबार सेयर बजार परिसूचक नेप्से १.२२ अंकले तल झर्दै ३८४.८ मा रह्यो ।
टेलिकमको मंगलबार अन्तिम मूल्य प्रति कित्ता ४९८ कायम भएकोमा बुधबार ४९० मा झरेको छ । टेलिकमको मूल्यमा आएको गिरावटका कारण नै अन्य समूहको परिसुचक ९.४ अंकले घटेको छ ।   
आर्थिक वर्षको अन्तिम साताको सुरु देखि नै उकालो लागेको सेयर बजारमा बुधबार गिरावट आएको हो । बुधवार कारोबार रकममा समेत उल्लेख्य कमि आएको छ । मंगलबार ५ करोड २३ लाख रुपैंया बराबरको सेयर कारोबार भएकोमा बुधवार ४ करोड ४२ लाखको मात्रै कारोबार भयो ।
कारोबार रकममा गिरावट आए पनि यस साता २५ करोडको हाराहारीमा कारोबार हुने अनुमान गर्न सकिन्छ । चार दिनसम्ममा १८ करोड ८८ लाख रुपैंयाको कारोबार भईसकेको छ ।
आईतबार ४ करोड १३ लाख रुपैंया कारोवार भएकोमा सोमबार ४ करोड ९० लाख रुपैंया बराबरको सेयर कारोबार भएको थियो । बुधबार सामान्य गिराबट भए पनि साप्ताहिक कारोबारको अन्तिम दिन विहिवार परिसुचक बृद्धि हुने सम्भावना छ । कारोबार हुने कम्पनीको संख्या भने बुधबार बढेर ८६ पुगेको छ । मंगलबार ८१ कम्पनीको कारोबार भएको थियो । बैंक अफ काठमाण्डौको बुधबार ९४ लाख रुपैंया बराबर सबैभन्दा बढी कारोबार भयो भने दोश्रो स्थानमा चिलिमे हाईड्रो पावरको पाँच लाख बराबरको कारोवार भयो । मर्ज हुने भएपछि बुधवारबाट नेप्सेमा प्रुडेन्सियल फाइनान्स र गोरखा फाइनान्सको कारोवार राक्का भएको छ ।

Tata
GBIME