राजस्व असुली लक्ष्यभन्दा बढी, ७८ अर्ब राजस्व उठ्यो, सरकारले ५८ अर्ब रूपैयाँ मात्रै खर्च गर्यो

बिजमाण्डू
२०६९ मंसिर ११ गते ००:०० | Nov 26, 2012
राजस्व असुली लक्ष्यभन्दा बढी, ७८ अर्ब राजस्व उठ्यो, सरकारले ५८ अर्ब रूपैयाँ मात्रै खर्च गर्यो

काठमाडौँ । सरकारले अनौपचारिक रुपमा राखेको लक्ष्यभन्दा साढे सात अर्ब बढी राजस्व संकलन गरेको छ ।  कात्तिकसम्म सरकारले ७० अर्ब ५१ करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखे पनि ७८ अर्ब तीन करोड ३२ लाख रुपैयाँ राजस्व असुली गरेको हो ।
यो असुली लक्ष्यको एकसय दश प्रतिशतसम्म र अघिल्लो वर्षको तुलनामा ३० दशमलव २३ प्रतिशतले बढी भएको अर्थ मन्त्रालयका सहायक प्रवक्ता भूमिराम शर्माले बताए । आर्थिक वर्ष २०६९÷७० को कात्तिक मसान्तसम्म सरकारले ५८ अर्ब ५३ करोड २२ लाख रुपैयाँ निकास गरेको छ भने ५८ अर्ब पाँच करोड ४५ लाख खर्च भएको छ ।
सरकारले चालु खर्चका लागि ५१ अर्ब ६८ करोड ९४ लाख  निकासा गरेको मा ५१ अर्ब ३३ करोड ८१ लाख रुपैयाँ खर्च भएको शर्माले जानकारी दिए । पूँजीगत खर्चतर्फ तीन अर्ब ६५ करोड ९७ लाख निकासा भएकोमा तीन अर्ब ५३ करोड ३३ लाख खर्च भएको छ । सरकारले साँवा व्याज भुक्तानीका लागि तीन अर्ब १८ करोड ३१ लाख खर्च गरेको छ ।
सरकारले कात्तिकसम्म पाँच अर्ब २५ करोड ९४ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ । वैदेशिक सहायतामा चार अर्ब ५५ करोड ८१ लाख अनुदान तथा ७० करोड १३ लाख रुपैयाँ ऋण हो ।

Tata
GBIME
Nepal Life