एनसेल एक्सप्रेसको दश लाख र कारका बिजेता घोषित, बिजेताले पुरस्कार नलिएपछि रकम आमाघरलार्इ

बिजमाण्डू
२०६९ मंसिर ११ गते ००:०० | Nov 26, 2012
एनसेल एक्सप्रेसको दश लाख र कारका बिजेता घोषित, बिजेताले पुरस्कार नलिएपछि रकम आमाघरलार्इ

काठमाडौं । एनसेलले एक साताभित्र ५० रुपैयाँ  भन्दा वढिको अनुपातमा मेन व्यालेन्स रकम खर्च गरेका ग्राहकको लक्की ड्र सोमवार सार्वजनिक गरेका छ । लक्की ड्र एक भाग्यमानीले दश लाख रुपैयाँ र अर्का एक भाग्यमानीले कार उपहार जितेका छन् भने अन्य थुप्रै पुरस्कार पनि कम्पनीले वितरण गरेको छ । दश साताका लागि सुरु गरिएको ‘एनसेल एक्सप्रेस’ योजनाको अन्तिम साता व्यवसायीक कम्पनी, वैकिङ्ग तथा विभिन्न क्षेत्रका अतिथिवीच सोमवार लक्की ड्र गरी घोषणा गरिएको हो । अन्तिम साताको भाग्यशाली उपहार विजेता १००००४४०९१३ ले नगद दश लाख प्राप्त गरेका छन् त्यसैगरी १०००४५९८२७७ ले कार जितेका छन् । एनसेल एक्सप्रेस योजनामा दुई सय जना ग्राहकले स्मार्ट फोन जित्न सफल भएका छन् ।

यहि कार्यक्रममा एनसेलको गत वर्ष संचालित एक योजनाको कार विजेता उपहार संकलन गर्न नआएपछि कार वरावरको रकम १७ लाख २१ हजार रुपैयाँ कालिमाटी स्थित वृद्धाआश्रम ‘आमाघर’ कि दिलशोभा श्रेष्ठलाई प्रदान गरिएको छ । यो उपहार कम्पनिका चिफ फाईनन्स अफिसर टोमी होलोपाईनेनले हस्तान्तरण गरेका हुन् ।  

गत वर्ष सञ्चालित योजनाको कार विजेताले चलाएको सिम अरु कसैका नाममा दर्ता भएको र सो ग्राहकले उपहार दावी गर्न नआएकाले कार वरावरको रकम आमाघरलाई हस्तान्तरण गरेको कम्पनीकी संचार निर्देशक सन्जु कोइरालाले बताइन् । कार्यक्रममा नवौ हप्ताका विजेता कैलालीका मिथुनकुमार चौधरीलाई केटिएम ड्युक मोटरसाइकल, सिराहाका रमिनकुमार मण्डललाई  होममेकर अप्लायन्स,  वर्दियाका भीमबहादुर चौधरीलाई ल्यापटप, रौटहटका रविलाल चौधरीलाई सामसुङ्ग ग्यालेक्सि एस थ्रि प्रदान गरिएको थियो ।
त्यसैगरी ५० हजारको सपिङ्ग सुविधा पाएका दर्ता नम्वर ०९००७५९०८६२ लाई उपहार संकलन गर्न पनि एनसेलले आग्रह गरेको छ  । पाँच सय रुपैयाँका दरले एक हजार पाँच सय जनालाई मेन व्यालेन्स पनि प्रदान गरिएको  कार्यक्रममा जानकारी दिइयो । योजनाको नवौं सातसम्मका उपहार विजेताको पनि कार्यक्रममा उपस्थिती थियो  । उपस्थित अतिथिहरुलाई सवै हप्ताका विजेताहरुले पुरस्कार संकलन गरेको भिडियो कार्यक्रममा देखाईएको थियो ।

Tata
GBIME
Nepal Life