बजेटमा आंशिक या तृतीयांशको विवाद, काँग्रेस एमालेका नेताले राष्ट्रपति भेटे

बिजमाण्डू
२०६९ असार २७ गते ००:०० | Jul 11, 2012
बजेटमा आंशिक या तृतीयांशको विवाद, काँग्रेस एमालेका नेताले राष्ट्रपति भेटे


काठमाडौं । काँग्रेस एमाले लगायतका ठूला दलका शीर्ष नेताहरुले सरकारलाई एक तृतीयांशको बजेट ल्याउन आफूहरुले सरकारलाई अनुमति दिएको जानकारी राष्ट्रपतिलाई दिएका छन् । बुधवार राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न शितलनिवास पुगेका नेताहरुले सरकारले सके पूर्ण नभए आंशिक बजेट ल्याउने तयारी गरिरहेको भन्दै त्यस्तो बजेटमा आफ्नो सहमति नरहने जानकारी दिएका थिए ।
दलका नेताहरुले सरकारले पूर्ण या आंशिक बजेट ल्याए त्यस्तो अध्यादेश स्वीकृत नगर्न समेत राष्ट्रपतिलाई आग्रह गरिसकेका छन् । केही दिन अघि उनीहरुले लिखित रुपमै बजेट अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । मंगलवार माओवादी अध्यक्ष प्रचण्डले बोलाएको बैठकमा पूर्ण बजेट नल्याउने सहमति बने पनि त्यसपछि आउने बजेट आंशिक या पूर्ण भन्ने विषयमा दलहरुवीच विवाद छ । माओवादीले आंशिक बजेटका लागि सहमति प्राप्त भएको जिकिर गर्दै आएको छ भने काँग्रेस एमाले लगायतका दलहरुले भने सरकारलाई  एक तृतीयांश बजेट ल्याउन अनुमति दिएको दावी गर्दै आएका छन् ।
भेटपछि एमाले नेता बामदेव गौतमले सरकार चुनावी बजेटको तयारीमा रहेको बताए, उनले त्यस्तो बजेटमा एमालेको सहमति नहुने स्पष्ट समेत पारे । काँगैस नेता डा. रामशरण महतले पनि आंशिक बजेटमा आफूहरुको सहमति नभएको बताए ।

Tata
GBIME
Nepal Life