
काठमाडौं । बढ्दो शहरीकरण, व्यस्त जीवनशैली । गुणस्तरीय खाद्यान्न पाउने स्टोरहरुको कमी ।
राजधानीमा रहेका ठूला डिर्पाटमेन्टल स्टोरदेखि घरनजिकै किराना पसल नभएका होइनन् तर ती ‘परफेक्ट’ छैनन् ।
उपत्यकाका विभिन्न स्थानको ‘स्याम्पल सर्वे’ पछि दिप्ती राणा शाहलाई एउटा कन्सेप्ट फुर्यो, ‘मोर्डन किराना पसल’ जसले उपत्यकाका उपभोक्ताको ‘डिमान्ड’ पूरा गर्छ र सन्तुष्टी दिन्छ । यो कन्सेप्टमा सुरुवात झन्डै एक वर्षअघि भएको हो– ‘ननस्टप ३६५’ स्टोरबाट ।
एक वर्षको अवधिमा ननस्टप ३६५ ले राजधानीका पाँच स्थानमा सञ्जाल विस्तार गरिसकेको छ । शङ्खमुल, गल्फुटार, वाफल, छाउनी र वालाजुस्थित भ्याली कोल्डस्टोरभित्र नन्स्टप ३६५ पुगिसकेको छ । अबको केही समयमा थप पाँच ठाउँमा सञ्चाल विस्तार हुने छ । बुद्धनगर, पुरानो वानेश्वरमा स्टोर राख्ने ठाउँ फेलापरिसकेको छ बाँकी तीन ठाउँ खोज्ने काम भइरहेको छ ।
‘हामीले सुरु गरेको मोर्डन किराना पसल हो । कन्जुमरलाई इन्डिभिज्युल एटेन्सन दिन सक्छौ,’ कम्पनीकी एक्जुकेटिभ भाइस प्रेसिडेन्ट शाहले बिजमाण्डूसँग भनिन्, ‘हामीले पर्सनल टच दिन्छौ र किराना पसलको जस्तै वार्गेनिङ समेत गर्न सकिन्छ ।’ शाहका अनुसार कुनैपनि सामानको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकिएपनि उपभोक्ताले वार्गेनिङ गर्न सक्नेछन् ।
‘हामीले धेरै स्टोरमा एमआरपी तोकेको सामान उठाउनुपर्ने बाध्यता हुन्छ । स्टोरले तोकेको मूल्यलाई आधार मानेर ल्याउनुपर्छ,’ उनले भनिन्, ‘यसले उपभोक्ताले वार्गेनिङ गर्न सक्दैनन् । तर हामीले एमआरपीमा समेत वार्गेनिङको अवसर दिएका छौ । यो तपाईको घरआँगनको जस्तै किराना पसलको कन्सेप्टमा तयार पारेका हौ । तर यहाँ धेरै च्वाइस हुन्छन् किराना पसलमा हुँदैनन् ।’
डिपार्टमेन्टल स्टोरमा भाटभटेनी, विगमार्ट, सिजी मार्ट संचालनमा छन् । यी डिमार्टमेन्टल स्टोर स्थापित नाम हो । स्थापित डिर्पाटमेन्टल स्टोरसँग प्रतिस्पर्धा ठूलै छ ।
‘डिर्पाटमेन्टल स्टोरमा टफ कम्पिटिसन छ । तर ठूला डिपार्टमेन्टल स्टोरमा गोशरीका सामान छान्न धेरै समय विताउनुपर्छ । एक दिन वा आधा दिन गाडी लिएर जानुपर्ने बाध्यता छ,’ शाहले भनिन्, ‘तर हामीकहाँ छिटोभन्दा छिटो चाहिएको सामान किनेर लैजान सक्छन् । त्यो पनि अत्यन्तै सुलभ मूल्यमा दिन्छौ ।’ डिपार्टमेन्टल स्टोरको रुपमा लैजान नखोजेको उनले बताईन् ।
शाहले विदेशको ७/११ स्टोरको कन्सेप्टमा नन्स्टप ३६५ सुरु गरेकी हुन् । दरवारमार्गमा सेन्ट्रल स्टोरबाट बाँकी स्टोरमा सामानहरु वितरण हुन्छ । शाह अहिले सेन्ट्रल स्टोर मिलाउनमा व्यस्त छिन् ।
‘हामीकहाँ फूड, कफि र गोशरी सामानहरु पाइन्छन्,’ शाहले भनिन्, ‘ दिश इज द फ्युजन, एडभेन्चर एन्ड कन्भिनियन्ट स्टोर हो जहाँ उपभोक्ताले डिफरेन्ट फिल पाउँछन् ।’
यो स्टोर अहिले विहान ६ बजेदेखि वेलुका १० बजेसम्म खुल्छ । उनीहरुले स्टोरलाई २४ घन्टानै खोल्ने योजना बनाएका थिए । तर सुरक्षाको कारण तत्काललाई योजना त्यागेको शाहले बताईन् ।
‘हामीले २४ घन्टानै खोल्ने उदेश्य राखेका थियौ । तर प्रहरीले सुरक्षा दिन नसक्ने भनेकाले पछि हटेका हौ,’ उनले भनिन्, ‘सुरक्षा पाए काठमाडौंका उपत्यकामा २४ घन्टा खोल्न तयार छौ ।’ स्टोरमा चार हजार थरीका सामाग्रीहरु रहेका छन् ।
अनलाइन सपिङ मुख्य लक्ष्य
कम्पनीले अनलाईन सपिङलाई लक्षित गरेर आउटलेटहरु संचालन गर्न चाहेको छ । कम्पनीको फेब्रुअरी अन्तिमतिर वेटा भर्सन लन्च गरेर अनलाइन सपिङ समेत सुरु गर्दैछ । अनलाइन सपिङका लागि छुट्टै टिमैनै राखेको छ ।
चिफ इन्फरमेशन अफिसर कुमार लोहलाले अनलाइन सपिङको काम हेरिरहेका छन् । ‘हामी केही समयभित्रै अनलाइन सपिङ सुरु गर्छौ । अहिले अनलाइन सपिङको ग्रोथको चरणमा छ,’ शाहले भनिन्, ‘हामीले यसलाई प्राइम फोकश गरेर काम गरिरहेका छौ । हाम्रो एप्स पनि निर्माण भइरहेको छ ।’ शाहका अनुसार धेरै स्टोरमा होम डेलिभरी खोज्ने उपभोक्ता आएकोले अनलाइन सपिङको बजार प्रशस्त रहेको पाएका छौ ।
‘अहिले पनि हाम्रो स्टोरमा होम डेलिभरीको लागि माग आउने गरेका छज् र हामीले दिइरहेका छौ,’ उनले भनिन्, ‘काठमाडौंको जीवनशैली धेरै व्यस्त भइसकेको छ । उपभोक्तासँग इन्टरनेटको सुविधा समेत भएकोले अनलाइन सपिङको लागि बजार प्रशस्त छ ।’ अनलाइन सपिङलाई विश्वासिलो बनाउन नसकेर उपभोक्ता डराइरहेका छन् ।
‘हामीले उपभोक्ताको ट्रस्ट लिन सक्यौ भने अनलाइन सपिङको ग्रोथ राम्रो हुन्छ । हामीले अनलाइन सपिङमा फ्रि डेलिभरी भन्छौ तर चार्ज गर्छौ भने उपभोक्ताले कसरी विश्वास गर्ने ? शाह भन्छिन्,‘ त्यसैले हामीले जे स्टोरमा मूल्य राख्छौ त्यही मूल्यमा सामान डेलिभरी गर्छौ । अरु कुनै हिडन चार्ज लगाउँदैनौ । उपभोक्ताले घरमा बसेर र स्टोर आएर जाँच्न सक्नेछन् ।’ उनका अनुसार ई–कमर्शलाई प्रवद्र्धन गरेर बजार विस्तारमा लाग्नेछौ ।