वायु सेवा निगमले सिनामङ्गलमा दश तले भवन बनाउने, डेढ अर्ब खर्च गर्ने

बिजमाण्डू
२०६९ मंसिर ६ गते ००:०० | Nov 21, 2012
वायु सेवा निगमले सिनामङ्गलमा दश तले भवन बनाउने, डेढ अर्ब खर्च गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले सिनामंगलमा सुविधासम्पन्न दसतले भवन निर्माण गर्ने भएको छ । अहिले केन्द्रीय कार्यालय रहेको नयाँ सडकको भवनलाई व्यापारिक प्रयोजनमा लगाएर निगम सिनामंगल सार्न लागिएको हो ।
विमानस्थल नजिक रहेको जग्गामा नयाँ भवन बनाउँदा व्यावसायिक तथा प्रशासनिक काम गर्नका लागि सहयोग पुग्ने छ । निगमसँग त्रिभूवन विमानस्थल नजिक ३४ रोपनी जग्गा छ । भवन निर्माणका लागि निगमले पर्यटन मन्त्रालयमा प्रस्ताव पेस गरेको छ । मन्त्रालयबाट अनुमति पाइएको तीनदेखि पाँच वर्षभित्र भवन निर्माण हुनेछ । भवन निर्माणका लागि डेढ अर्ब रुपैयाँ खर्च हुने अनुमान निगमले गरेको छ ।

Tata
GBIME
Nepal Life