आयल निगमलाई प्रतिलिटर पेट्रोलमा १४ रुपैयाँ नाफा, निगमलाई २० करोड घाटा

बिजमाण्डू
२०६९ मंसिर ४ गते ००:०० | Nov 19, 2012
आयल  निगमलाई प्रतिलिटर पेट्रोलमा १४ रुपैयाँ नाफा, निगमलाई २० करोड घाटा


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि आयल निगमको घाटा २० करोडमा झरेको छ । यसअघि निगमको घाटा ३२ करोड रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन(आइओसी)ले नोभेम्बर १५मा पठाएको नयाँ मूल्य अनुसार निगमको नोक्सानी घटेको हो ।
अमेरिकामा आएको ‘स्यान्डी’ आँधीका कारण तेलको मूल्य घटेकोले निगमलाई राहत भएको हो । आइओसीले नोभेम्बरमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पठाउने गर्छ । नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलको नाफा बढेर १३ रुपैयाँ ६९ पैसा पुगेको छ । डिजेलको घाटा एक लिटरमा १ रुपैयाँ १९ पैसा घाटा छ । निगमलाई मट्टितेलमा एक लिटरमा १० रुपैयाँ ७७ पैसा नाफा छ ।

Tata
GBIME
Nepal Life