लगानीकर्ता हच्किए, नेप्से तल झर्यो, चार्टड साढे दुईले तल, इन्भेष्टमेन्टको बढ्यो

बिजमाण्डू
२०६९ कात्तिक २६ गते ००:०० | Nov 11, 2012
लगानीकर्ता हच्किए, नेप्से तल झर्यो, चार्टड साढे दुईले तल, इन्भेष्टमेन्टको बढ्यो

काठमाडौं । पहिलो त्रैमासको वित्तीय विवरणमा उत्साहित भएर लगानी गरेका लगानीकर्ता आइतवार केही हच्किएपछि बजार ‘सुधार’ हुन थालेको छ । आइतवार नेप्से सूचक सात अंकले तल झरेर ४७५.४९ मा बजार बन्द रह्यो ।
आइतवार सेयर बजार घट्दा त्यसको ठूलो प्रभाव बैकिङ्ग क्षेत्रमा पर्यो । गत साता बढेका अधिकांश बैंकको सेयर मूल्यमा आइतवार कमि भयो । एभरेष्ट बैंकको सेयर मूल्य ८४ रुपैयाँले तल आएर ११२१ मा कारोवार भयो तर एभरेष्ट बैंकका कन्भर्टिवल प्रिफरेन्स सेयर भने ३९ रुपैयाँले माथि चढ्दै ७०४ मा कारोवार बन्द भयो ।
ग्लोबल आइएमई बैंक १५ रुपैयाँले तल आएर २९३ मा बजार बन्द रह्यो, ग्राण्ड बैंकको १२ रुपैयाँल तल १९४ रुपैयाँमा बजार बन्द भयो । जानकी फाइनान्स १४ र कुमारी बैंक १५ रुपैयाँले तल झरेर कारोवार भयो । जानकीको ३८० मा र कुमारीको २६० मा अन्तिम कारोवार भयो ।
लक्ष्मी बैंक र लुम्बिनी बैंक १६ ले तल झरे । आइतवार मात्रै लुम्विनी बैंकको मुनाफा बढेको वित्तीय विवरण सार्वजनिक भएको थियो । तर रियलस्टेट क्षेत्रमा वेपत्ता कर्जा बढाएको विवरणले लुम्विनीका सेयरधनीलाई झस्कायो । लक्ष्मी बैंकको प्रतिकित्ता ३३० मा र लुम्बिनीको २५७ मा कारोवार भयो ।
माछापुच्छ्रे बैंक प्रवद्र्धक सेयर ३० रुपैयाँ तल झरेर प्रतिकित्ता ७० रुपैयाँमा कारोवार भयो । बैंकको दुई लाख ६१ हजार कित्ता सेयर एक करोड ९४ लाख २० हजार रुपैयाँमा कारोवार भयो । यस अघि माछापुच्छ्रेको यस्तै सेयर प्रतिकित्ता १०० रुपैयाँमा कारोवार भएको थियो ।
नेपाल सेयर मार्केटले बैंकको सेयर लिलामीबाट विक्री गरेको हो । यो सेयर उपेन्द्र महत्तो समूहले किनेको हो । नबिल बैंकका सेयरधनी चार्टड बैंकपछि सबैभन्दा बढी गुमाउनेमा परे । बैंकको आइतवार एकै दिन ९४ रुपैयाँले सेयर तल झर्यो । नबिललको आइतवार अन्तिम कारोवार प्रतिकित्ता १३७० रुपैयाँमा भयो ।
बंगलादेश बैंकको सेयर मूल्य तीन रुपैयाँले बढ्यो । एनबी समूह आवद्ध एनसिसि बैंकको सेयर मूल्य भने १२ रुपैयाँले तल झरेर प्रतिकित्ता १५४ मा कारोवार भयो । अधिकांश ठूला बैंकको सेयर तल झरे पनि आइतवार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य १९ रुपैयाँले माथि चढ्यो ।
बैंकले पहिलो त्रैमासमा ४८ करोड रुपैयाँ मुनाफा गरेको विवरण सार्वजनिक भएपछि बैंकको सेयर मूल्य उकालो लागिरहेको छ । बैंकको आइतवार प्रतिकित्ता ६६१ रुपैयाँमा कारोवार भएको थियो । बैंकले सेयरधनीलाई अपेक्षाभन्दा बढी नगद र बोनस सेयर गरेर २५ प्रतिशत प्रतिफल दिने बजार हल्लाले पनि सेयरको मूल्य माथि चढेको हो ।
सानिमा बैंकको सेयर ११ रुपैयाँले तल झरेर २१४ मा, नेपाल एसबीआईको ३९ रुपैयाँले तल ६३८ मा, सिद्धार्थ बैंकको २० रुपैयाँ तल ३२२ र चार्टड बैंकको साढे दुई सयले तल झरेर १९३० मा कारोवार भएको छ । आइतवार नेपाल लाइफको ७१ रुपैयाँले सेयर मूल्य तल झरेर १३७९ मा कारोवार भएको थियो ।
आइतवार कारोवार हुने ८० कम्पनीमा जम्मा १४ कम्पनीको मात्रै सेयर माथि चढेको थियो । यी कम्पनीमा चिलिमे हाइड्रोको सेयर १० रुपैयाँ माथि चढेको थियो ।

Tata
GBIME
Nepal Life