अमेरिकी चुनाव पूर्वानुमानका एक्ला वृहस्पति

बिजमाण्डू
२०६९ कात्तिक २५ गते ००:०० | Nov 10, 2012

न्युयोर्क । अमेरीकी राष्ट्रपतीको चुनाव अघि विश्वका मुख्य च्यालनवीच विजेताको पुर्वानुमान गर्ने होड चल्यो । उनीहरुले जानेमाने  राजनितीज्ञ बोलाएर छलफल गरी विजेता अुनमान गर्ने प्रयास गरे । यस्ता छलफलमा सहभागी राजनीतिक पण्डीतले पनि फलानाले जित्छ भनेर भन्न सकेनन् । यस्तो अवस्थामा धेरैले यसपालिको चुनावमा कडा प्रतिस्पर्धा हुने अनुमान गरे । संचारमाध्यमले यो चुनावलाई हालसम्मकै निकटतम् प्रतिस्पर्धाको चुनाव भन्दै छाति पनि ठोके ।
तर, एक व्यक्ति जो पेशाले तथ्यांङशास्त्री हुन उनले स्पष्ट रुपमै भनिदिए – जीत ओबामाको हुन्छ । भोटामेटिक डट कम संचालन गरिरहेको ड्रिउ लिन्जरले चुनाव हुनु अगाडि नै ओबामाले जित्ने आफ्नो वेबसाईटमा पोष्ट गरेका थिए । विगतका तथ्यांक र हालका मत सर्भेक्षणलाई विश्लेषण गरेरे लिन्जरले वेभसाईटमा ओबामाको पक्षमा ३३२ र रोम्नीको पक्षमा २०६ मत पर्ने पुर्वानुमान गरेका थिए ।
चुनाव नजिकिदै जाँदा दुई उम्मेदवारवीच हुने टिभी बहसमा ओबामाभन्दा रोम्नी प्रभावशाली देखिएको विभिन्न सर्भेक्षणमा देखाइएको थियो । पहिले ओबाको पक्षमा जाने अनुमान गरिएका राज्य पनि बहसपछि रोम्नीका पक्षमा जाने अनुमान भए । तर पनि लिन्जरको पुर्वानुमान परिवर्तन भएन । उनी पहिलेकै तथ्यांकमा अडिग रहे ।
अहिले नतिजा आइसकेको छ र उनको पुर्वानुमान करिव करिव मिलेको छ । रोम्नीले ठ्याक्कै २०६ मत नै पाए । ओबामाले भने हालसम्म उनले अनुमान गरेभन्दा कम ३०३ मत मात्रै पाएका छन् । तर प्mलोरीडा राज्यमा पुर्नगणना भइरहेको हुनाले उनको अनुमानअनुसार नै मत ओबामाको पक्षमा जाने संभावना जीवितै छ । फ्लोरिडामा आफूले हार खाएको रिपब्लिकनले स्वीकारी सकेका छन् तर आधिकारीक तथ्यांक आई नसकेकाले ओबामाको पक्षमा ३३२ भोट आएको भनि हाल्ने अवस्था छैन ।
फुर्सदको समय त्यसै खेर फाल्नुभन्दा चुनाव अघि विभिन्न समय अन्तरालमा हुने मत सर्भेक्षण जोडेर विश्लेषण गर्ने पद्धति (एग्रिगेसन) तीर लाग्ने सोचका साथ सुरु गरेको वेबसाइट र त्यसको पुर्वानुमानका कारण प्रसिद्धि कमाएपछि लिन्जर दंग परेका छन् । राजनीतिक विष्लेशकको पगरी पाएर वर्षदेखि विश्लेषण गर्दै आएका तथाकथित पण्डीतलाई समेत चकित पारेका लिन्जर र उनीजस्तै तथ्यांकशास्त्रीहरुको अहिले निक्कै चर्चा र खोजी भइरहेको छ ।
हाम्रो पुर्वानुमान र नतिजा मिलेकोमा चकित हुनै पर्दैन, लिन्जर भन्छन्, यसले आममानिसको मत छनौटको अनुमान गर्ने भरपर्दो तरीकाको रुपमा उनीहरुको मतअघिको धारणा अनुसन्धान धेरै विश्वसनीय भएको पृष्टि गरेको छ । पण्डीतहरुले जे भने पनि हामिसँग आमजनताको धारणा हुन्छ र त्यसको विश्लेषण भए पुरानामतको विश्लेषणको आधारमा हामी पुर्वानुमान गर्छ
कसरी हुन्छ्न तथ्यांकीय पुर्वानुमान ?
तथ्यांकीय पुर्वानुमान विधि सामान्य खालको छ । यसमा पुराना मतहरुलाई जोडेदै भारी औसत निकालिन्छ । यसैगरी मतदान अघिका आमजनताको मत सर्भेक्षण नतिजालाई पनि त्यसमा समावेश गरी अन्तिम पुर्वानुमान तयार गरीन्छ । अमेरिकामा यस अघिका दुई चुनावमा भएका मतदान कम्प्युटराइज्ड भएकाकारण सटिक विश्लेषण गर्न सहज भएको हो ।
यसमा संलग्न तथ्यांकशास्त्रीले आफ्नै मोडल बनाएका हुन्छन् । यद्यपि सबै मोडलमा पुराना चुनावको मत तथा चुनाव अघि भएका सर्भेक्षणको मत महत्वपूर्ण हुन्छन् । यसमा कसैले हालका आर्थिक परिसूचकलाई समावेश गरेका हुन्छन् भने कसैले गर्दैनन् । अहिले नतीजा लिन्जर जस्ता तथ्यांकशास्त्रीको पक्षमा भएकाकारण उनीहरुको प्रसंशा भए पनि उनीहरुको आलोचना नभएको होईन । उनीहरुलाई ओबामा समर्थक भएको आरोप लाग्दै आएको थियो । तर अहिले उनीहरु सहि भएको प्रमाणित भएको छ र हामि निक्कै जान्ने बुझ्ने छौं भन्नेहरुले आफ्नो तर्कशिलता र ज्ञानको बारेमा पनुर्विचार गर्नुपर्ने बेला आएको छ ।   

Tata
GBIME
Nepal Life