अमेरिकी राष्ट्रपतिमा ओबामा चुनिए, ओबामाको ट्वीट, ‘थप चार वर्ष’, एशियाली बजार खस्कियो

बिजमाण्डू
२०६९ कात्तिक २२ गते ००:०० | Nov 7, 2012
अमेरिकी राष्ट्रपतिमा ओबामा चुनिए, ओबामाको ट्वीट, ‘थप चार वर्ष’, एशियाली बजार खस्कियो


राष्ट्रपति उम्मेदवारमा विजयी भएपिछ बाराक र उपराष्ट्रपतिका उम्मेदवार जोय विडेन तथा श्रीमतीहरूवीच शुभकामना लिंदै

Tata
GBIME
Nepal Life

काठमाडौं । बाराक ओबामा दोस्रो कार्यकालका लागि राष्ट्रपति चयन भएका छन् । मंगलवार भएको चुनावमा ओबामाले रिपब्लिनक उम्मेदवार मिट रोम्नीलाई पछि पारेका हुन् ।

राष्ट्रपतिको विजय सुनिश्चित गर्दै ओबामाले २७० भन्दा बढी इलेक्ट्रोलर मत प्राप्त गरेका छन् । अर्थतन्त्रका विषयमा ओबामाले लिएका निर्णयबाट चिन्तित अमेरिकीबाट ओबामालाई  ठूलौ चुनौती थपिएको थियो । सँगसँगै रोम्नीको चुनावी अभियानका लागि ठूलै रकम प्राप्त समेत भएको थियो ।
यसै कारण ओबामाको जित सुनिश्चित भएको खबरले हङकङ, टोक्यो र सांघाईको स्टक एक्सचेञ्जबाट राम्रो प्रतिक्रिया प्राप्त भएन् । पहिलो खबरसँगै हङकङ ०.४ प्रतिशत, टोक्योको निक्की ०.१ प्रतिशत र सांघाईको ०.३ प्रतिशतले तल झर्यो ।

राष्ट्रपतिका लागि ओबामाले पेन्सभेनिया, आइओआ, मिचिगन, मिनिसोटाबाट राम्रो मत प्राप्त गर । रोम्नीले नर्थक्यारोलिना र इण्डियनाबाट राम्रो नतिजा ल्याए पनि यसले उनको विजय सुनिश्चित भएन । राष्ट्रपतिमा डेमोक्रेट ओबामा विजयी भए पनि अमेरिकी हाउसमा रिपब्लिकनको उपस्थिती बलियो भयो । उनीहरुसँग हाउसमा बहुमत छ भने सिनेटमा राष्ट्रपति ओबामाको पकड रह्यो । विजयपछि ट्वीट गर्दै ओबामाले लेखेका छन्, थप चार वर्ष ।
दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएपछि ओबामाका समर्थकहरुले  खुशी व्यक्त गरेका छन् । इलेक्ट्रोलर भोटमा रोम्नीपछि परे पनि लोकप्रिय मतमा भने रोम्नीसँग ओबामाको टक्कर राम्रै रह्यो । अमेरिकी राष्ट्रपति चुनावका पूर्ण नजिता अझै आउँदैछ ।