मंगलवार सुन दुई सय रुपैयाँले सस्तो, डलरको मूल्य बढेपछि सुनको मूल्य थोरै गिरावट

बिजमाण्डू
२०६९ कात्तिक २१ गते ००:०० | Nov 6, 2012
मंगलवार सुन दुई सय रुपैयाँले सस्तो, डलरको मूल्य बढेपछि सुनको मूल्य थोरै गिरावट

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएपछि नेपालमा पनि त्यसको असर परेको छ । मंगलवार प्रतितोला सुनमा दुई सय रुपैयाँले मूल्य तल झरेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले मंगलवारका लागि छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार रुपैयाँ तोकेको छ ।
त्यसैगरी तेजावी सुनको प्रतितोला ५८ हजार ७५० रुपैयाँ तोकेको छ । चाँदी पनि मंगलवार सस्तो भएको छ । संघले प्रतितोला चाँदीको मूल्य १११९ रुपैयाँ निर्धारण गरेको हो । सोमवार चाँदीको मूल्य ११४० रुपैयाँ थियो ।
अन्तराष्ट्रिय बजारमा आइतवारका तुलनामा सोमवार सुनको मूल्यमा ठूलो गिरावट आएको थियो । तर नेपालमा त्यसको असर डलको अवमूल्यनले कम पर्यो । नेपाल राष्ट्र बैंकले सोमवारको तुलनामा मंगलवार प्रति एक डलरमा एक रुपैयाँको अधिमूल्यन गरेको थियो ।

Tata
GBIME
Nepal Life