नेपाल एसबिआई बैंक २० वर्षमा प्रवेश, पुराना सात कर्मचारी सम्मानित

बिजमाण्डू
२०६९ असार २६ गते ००:०० | Jul 10, 2012

काठमाडौं । नेपाल एसबिआई बैंक २०औ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव कार्यक्रममा बैंकमले पुराना सात कर्मचारीलाई सम्मान गरेको छ । २०५० बाट सञ्चालनमा आएको  बैंकले सुरुमा १८ जना कर्मचारी लिएर कारोबार थालेको थियो । दरबारमार्ग स्थित एक कार्यालयबाट कारोबार सुरु भएको बैंकको अहिले २७ जिल्लामा ५९ वटा कार्यालय छन् । बैंकको ७५ एटिएम र ५ सय ८० कर्मचारी पुगिसकेका छन् । भारतीय स्टेट बैंक, कर्मचारी संचय कोष तथा कृषि विकास बैंकको लगानीमा पवद्र्धित नेपाल एसबिआई बैंक नेपाल–भारत संयुक्त लगानीमा खुलेको पहिलो बैंक हो । १२ करोड रुपैयाा चुक्ता पुँजीबाट सुरु भएको बैंकको अहिले पुँजी २ अर्ब नाघिसकेको छ ।

Tata
GBIME
Nepal Life