कलैयामा मेगा बैंकको शाखारहित सेवा विस्तार, थप तीन स्थानमा विस्तार हुने

बिजमाण्डू
२०६९ असार २५ गते ००:०० | Jul 9, 2012

काठामाडौं । मेगा बैंकले बाराको कलैयामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।  यो मेगाको १४ औं शाखारहित बैंकिङ सेवा हो । गत पुसमा सिन्धुपाल्चोकको सांगाचोक र रुपन्देहीको सेमराको परीक्षणपछि मेगा बैंकले नमुना परियोजनाका रुपमा देशका १४ वटा स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।
यसअघि मोरङको रंगेली, सर्लाहीको लालबन्दी र कर्मैया, बाराको छतपिपरा, कास्कीको भलाम, अर्घाखा“चीको नरपानी र अर्घातोष, बा“केको शमशेरगन्ज, दैलेखको चुप्राबजार, रसुवाको धुन्चे, धादिङको सुनौलाबजारमा यो सेवा विस्तार भइसकेको छ । रसुवाको चिलिमे, सिन्धुपाल्चोकको ठूलोसिरुबारी र धादिङको नलाङमा पनि छिट्टै यो सेवा विस्तार गरिने बैंकका नायब महाप्रबन्धक गोविन्द गुरुङले जानकारी दिनुभयो ।
आर्थिक समावेशितालाई आत्मसात गर्दै बैंकिङ सुविधाबाट वञ्चित ग्रामीण भेगका बासिन्दालाई सेवा दिने उद्देश्यले मेगा बैंकले यो सेवा सुरु गरेको हो । शाखारहित बैंकिङअन्र्तगत आफ्नै घरआ“गनमा बसेरै ग्राहकले सुरक्षित रुपमा रकम झिक्न र जम्मा गर्न सक्नेछन । साना तथा घरेलु उद्योग र कृषि व्यवसाय गर्न चाहनेले सहजै लघु कर्जा लिन पाउने व्यवस्था पनि मिलाइएको छ । यस्तै, एउटा खाताबाट अर्को खातामा रकम स्थानान्तरण, मोबाइल रिचार्ज, बिल पेमेन्ट, रेमिट्यान्स, ब्यालेन्स इन्क्वेरी, मिनी स्टेट्मेन्ट्, जस्ता सुविधा पनि शाखारहित बैंकिङमा उपलब्ध छ ।

Tata
GBIME
Nepal Life