
पेशा : कपाल काट्ने
हैसियत : अर्बपति
हजाम अर्बपति कसरी सम्भव होला ? धेरैलाई सुन्दा पत्याउन कठिन पर्छ । तर, सत्य हो । भारत बेग्लोंरका रमेशबाबु अहिलेपनि दैनिक कपाल काट्छन् ।

एक जनाको कपाल काटे वापत ७५ रुपैयाँ भारु लिन्छन् । बेग्लोंरको सेट माक्र्स रोडमा उनको सैलुन छ । ४२ वर्षीय रमेश हरेक दिन ८ जना ग्राहकको कपाल काट्छन् ।
विहान र वेलुका दुई सिफ्ट गरि चार घन्टा कपाल काट्छन् । तर दिउँसोको समय उनी अर्कै काममा ब्यस्त हुन्छन् । कपाल काट्ने कामसँग सँगै रमेशले कार भाडामा दिने कम्पनी खोलेका छन्, जहाँ उनी सिईओको रुपमा कार्यरत छन् ।
रमेश टूर्स एन्ड ट्राभल्स कम्पनीका मालिक रमेशसँग मर्सिडिज, वीएमडब्लु, भक्सवागन लगायतका महँगा गाडी छन् । उनी एक सय २७ कारका मालिक हुन् । उनको कम्पनीमा एक सय २० कर्मचारी कार्यरत छन् । त्यहाँ कार्यरत प्रत्येक कर्मचारीको तलब १४ हजार भारु भन्दा बढी छ ।
यो वाहेक कर्मचारीले कामको आधारमा अतिरिक्त भत्ता पनि पाउँछन् । रमेश यो क्षेत्रमा सबैभन्दा बढी तलब दिने कम्पनी आफ्नो रहेको दावी समेत गर्छन् ।
एक जना हजाम कसरी अर्बपति बने ? यहाँ सम्म आइपुग्न उनले धेरै सर्घष गर्नुपरेको छ । गरिब परिवारमा जन्मिएका रमेश छ वर्षको हुँदा बुबाको निधन भयो ।
त्यस पछि उनले खानकै लागि धेरै संर्घर्ष गर्नुप¥र्यो । रमेशको सफलताको पछाडी कठिन परिश्रम, दृढ ईच्छाशक्ति र केही शुभेच्छुकको सहयोगनै हो ।
उनका बुबाले व्रिगेडिएर रोडमा मोर्डन हेयर ड्रेसर संचालनमा ल्याएका थिए । यो सैलुन सन् १९२८ मै सुरु भएको थियो । बुबाको निधनपछि रमेश र उनका भाईको पालनपोषणको जिम्मेवारी आमालाई प¥र्यो ।

‘हाम्रो पालनपोषणको लागि आमाले अर्काको घरमा काम गर्नुभयो,’ उनले भने, ‘हामीलाई सामान्य जीवनयापन गर्न समेत कठिन थियो ।’ घरमा आर्थिक समस्या भएपनि रमेश पढाईमा भने अब्बल थिए । उनी स्कुलमा सधै तेस्रो हुने गर्थे । पढाईको अलावा उनी खेलकुदमा पनि अगाडी थिए ।
उनले १३ वर्षकै उमेरमा पत्रिका पुर्याउने साइकल ब्याईको काम गरे । त्यो काम गरेवापत उनले मासिक ६० रुपैयाँ भारु कमाउँथे । साइकल ब्याईपछि उनले कपडा सिलाउने काम समेत गरे ।
उनका बुबाले सुरु गरेको सैलुन काकाले चलाउँथे । काकाले दैनिक सैलुनबाट आएको आम्दानीमध्ये पाँच रुपैयाँ रमेशलाई दिने गर्थे । उनले स्कुले जीवन छोडेपछि कपाल काट्ने तालिम लिएर सैलुन आफैँ चलाउन थाले ।
रमेशको सैलुनमा कपाल काट्नेको ताँती लाग्न थाल्यो । युवावर्गमा लोकप्रिय बनेको सैलुनमा विहान तीन बजेदेखि कपाल काट्न मानिस आउँथे ।

विश्वविद्यालय नटेकेका रमेशले इलोक्ट्रोनिक्समा डिप्लोमा गरे । डिप्लोमा सकेपछि एक कम्पनीमा मार्केटिङ एक्जुकेटिभमा काम गरे । उनको जीवनको टनिङ प्वाईन्ट भने तब भयो जब उनले एउटा मारुती ओम्नी भ्यान ऋणमा लिए । बेग्लोंरमा सानो अफिस राखेर थालेको यही व्यापारबाट उनी अर्बपति बनेका हुन् । मारुती ओम्नीको पहिलो ग्राहक थियो इन्टेल कम्पनी ।
‘हामीले इन्टेलसँग काम गर्दा उनीहरुसँग चार जना कर्मचारी मात्रै थिए, तर सन् २००० सम्म उनीहरुको कर्मचारी बढेर दुई सय ५० पुगे, ती कर्मचारीका लागि २५ वटा कार हामीले भाडामा दियौँ,’ उनले भने । साथै उनका अरु ग्राहक पनि थपिए । सन् २००४ पछि रमेश लक्जरी कार भाडामा दिन थाले । बेंग्लोर आउँदा बलिउडका नायक/नायिका समेत उनकै गाडी भाडामा लिन्छन् ।
इकोनोमिक टाइम्सबाट