सामसङले ग्यालेक्सीबाट कीर्तिमानी मुनाफा आर्जन, सात अर्ब तीन करोड डलर मुनाफा

बिजमाण्डू
२०६९ असोज २१ गते ००:०० | Oct 7, 2012
सामसङले ग्यालेक्सीबाट कीर्तिमानी मुनाफा आर्जन, सात अर्ब तीन करोड डलर मुनाफा


नयाँदिल्ली । ग्यालेक्सी सिरिजको स्मार्टफोन बनाउने सामसङले कीर्तिमानी  मुनाफा आर्जन गर्ने भएको छ । सामसङका अनुसार यो त्रैमासिकमा कम्पनीको मुनाफा ७ अर्ब ३ करोड डलर हुने अनुमान छ । यो रकम गतवर्षको यही अवधिको भन्दा दोब्बर हो । यो अनुमान बजार विश्लेषकहरुले गरेको भन्दा पनि बढी हो ।
कम्पनीले अनुमानभन्दा बढी मुनाफा गर्ने सार्वजनिक भएपछि कम्पनीको सेयर करिब १ दशमलब ५ प्रतिशतले बढेको छ । तर यो मुनाफा भने एप्पलसँगको कानुनी लडाईका कारण समस्यामा पर्न सक्छ ।
सामसङले कम्प्युटर मोनिटर, टेलिभिजन लगायतका इलोक्ट्रोनिक्स सामान उत्पादन गर्दै आएको छ । तर यी इलोक्ट्रोनिक्स सामानको तुलनामा स्मार्टफोनले सामसङलाई बढी आम्दानी र ब्रान्ड भ्यालु बढाउन सहयोग गरेको छ । सामसङको उच्च मुनाफामा ग्यालेक्सी–३ र अत्याधुनिक प्रविधिको महँगो टेलिभिजनको महत्वपूर्ण भूमिका छ । सामसङको ग्यालेक्सी–३ र एप्पलको आइफोनको ठूलो प्रतिस्पर्धा छ ।

Tata
GBIME
Nepal Life