मुन्चाको अनलाइन सुपरमार्केट सेवा, होम डेलिभरी, मन नपरे साटफेर पनि

बिजमाण्डू
२०६९ असोज २१ गते ००:०० | Oct 7, 2012

काठमाडौं । मुन्चा हाउसले अनलाइन सुपरमार्केट सेवा सुरु गरेको छ । सुपरमार्केटबाट विद्युतीय उपकरण, विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी पेय पदार्थ तथा छालाजन्य सामग्रीलगायत खरिद गर्न सकिने छ । मुन्चाका कार्यकारी निर्देशक अमृत तुलाधरले सुपरमार्केटबाट खरिद गरेको सामान मन नपरेमा फेरवदलसमेत गर्न पाइने जानकारी दिए ।
सामान खरिद गरेपछि घरसम्म मुन्चाले नै पु¥याइ दिने छ । उनले अनलाइनबाट सामान खरिद गर्न सकिन्छ भनेर सर्वसाधारणलाई वुझाउँदै लगिने जानकारी दिए । उनले उत्पादक र उपभोक्ताबीच सिधा सम्वन्ध हुन नसक्दा ग्राहक ठगिने गरेकाले मुन्चाको अनलाइन कारोबारबाट ग्राहकले लाभ लिने जानकारी दिए ।

Tata
GBIME
Nepal Life