नेपाल अडिटिङ स्ट्याण्डर्ड वोर्डको अध्यक्षमा भानु कंडेल चयन, अडिटरलाई उत्तरदायी बनाइने

बिजमाण्डू
२०६९ असोज १७ गते ००:०० | Oct 3, 2012
नेपाल अडिटिङ स्ट्याण्डर्ड वोर्डको अध्यक्षमा भानु कंडेल चयन, अडिटरलाई उत्तरदायी बनाइने

काठमाडौं । सरकारले चार्टर्ड एकाउन्टेन्ट भानु कडेललाई नेपाल अडिटिङ स्ट्यान्डर्ड वोर्डको अध्यक्षमा नियुक्त गरेको छ । उनलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । असोज  १२ गतेको मन्त्री परिषद्ले उनलाई नियुक्त गरेपनि मंगलबार साँझ उनले पत्र वुझेका छन् । वोर्डले लेखामान मापदण्ड जारी  गर्छ ।
चार्टर्ड एकाउन्टेन्ट र रजिष्टर्ड अडिटरको कामको नियमनसमेत वोर्डले गर्दछ । लेखामान मापदण्डलाई व्यवस्थित गर्दै चार्टर्ड एकाउन्टेन्ट र अडिटरको पेसालाई अझ वढी व्यवसायिक र उत्तरदायी बनाउन प्रयास गर्ने छु– कडेलले भने । कडेलसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ । उनी पछिल्लो समय बैंक तथा वित्तीय संस्था आपसमा मर्ज गराउनका लागि परामर्शदाताका रुपमा काम गर्दै आएका थिए ।

Tata
GBIME
Nepal Life