स्कोडाको दशैं योजना, डाउन पेमेन्ट साढे तीन लाख रुपैयाँ गरे स्कोडा फाबियाको चाँवी हातमा

बिजमाण्डू
२०६९ असोज १६ गते ००:०० | Oct 2, 2012
स्कोडाको दशैं योजना, डाउन पेमेन्ट साढे तीन लाख रुपैयाँ गरे स्कोडा फाबियाको चाँवी हातमा

काठमाडौं । नेपालको लागि स्कोडाको आधिकारीक वितरक एम. ए. डब्लु. इन्टरप्राइजेजले दशैंको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकले स्कोडाको फाबिया फाइनान्स सुविधामा साढे तीन लाख रुपैयाँ भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । जसले गर्दा फाइनान्समा नयाँ गाडी किन्न चाहाने ग्राहक वर्गहरुले स्कोडा जस्तो उच्च स्तरको युरोपिएन गाडि न्यूनतम मूल्यमा प्राप्त गर्न सक्नेछन् ।

कम्पनील स्कोडा फाबियको अतिरीक्त अन्य ब्राण्डहरुमा पनि आर्कषक योजनाहरु उपलब्ध गराइएको छ । एमएडब्ल्यूका महाप्रवन्धक दिपक अग्रवालले चाडपर्वको अवसरमा अत्याधिक ग्राहकले गाडी किन्ने गरेका कारण नयाँ योजना प्रस्तुत गरेको बताए । उनले भने, अन्य कम्पनीले नगद छुट, उपहार योजना, ब्याज दरमा छुट गरेका छन्,  स्कोडा गाडीलाई ग्राहकको पहुँचमा पुयाउन यो योजना ल्याइएको हो ।

Tata
GBIME
Nepal Life