रेमिट्यान्स प्रवद्र्धन गर्न आयोजना गरिएको आइएमई हास्ययात्रामा दर्शक खचाखच

बिजमाण्डू
२०६९ असोज १५ गते ००:०० | Oct 1, 2012
रेमिट्यान्स प्रवद्र्धन गर्न आयोजना गरिएको आइएमई हास्ययात्रामा दर्शक खचाखच


काठमाडौं । भारतको युनाईटेड बंैक अफ ईन्डिया र नेपालको ग्लोवल आईएमई बैंकसँगको व्यवसायिक साझेदारीमा संचालन भएको ईन्डो–नेपाल रेमिट्यान्स सेवालाई प्रबद्र्धन गर्न “आईएमई हास्ययात्रा बाईरोडको बाटोमा लायन्स चोक नारायणगढबाट शुरु भएको छ । कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको समूहले असोज ११ मा ट्राफिकचोक बुटवल, १२ गते रोल्पाको लिवाङ्ग, १३ गते बागदुल्ला प्यूठानमा कार्यक्रम आयोजना गरिसकेका छन् ।
यो कार्यक्रम पश्चिम नेपालका विभिन्न २० जिल्लामा गरिने उक्त कार्यक्रमका शुरुवाति दिनहरु उत्साहप्रद भएको कम्पनीले जानकारी दिएको छ । दर्शकको उपस्थितिलाई मध्यनजर गर्दै कार्यक्रमको बिचवाटै रेमिट्यान्स सम्बन्धि प्रश्नोत्तर सेसन गरि सहि जवाफ दिनेलाई विभिन्न उपहार पनि प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
यो कार्यक्रममा आईएमईका ब्राण्ड एम्बेस्डरद्धय चर्चित हाँस्य अभिनेता दिपकराजगिरी र अभिनेत्री दिपाश्री निरौलाको प्रहसन र लोक गायक, गायिकाबाट लोकदोहोरी गीत प्रस्तुत गरिएको छ । असोज १५ मा सल्यान, १६ गते तुल्सीपुर, १७ गते सुर्खेत, १८ गते नेपालगंज र गुलरिया, २० गते धनगढी, २१ गते डडेलधुरामा कार्यक्रम आयोजना हुँदै छ । त्यसैगरी २१ गते बैतडी, २२ गते मंगलसेन, २५ मा सन्धिखर्क र तम्घास, २६ मा तानसेन र स्याङ्गजा, तथा २८ गते बागलुङ्क र २९ गते दमौलीमा अन्तिम कार्यक्रम गर्ने योजना कम्पनीको छ ।

Tata
GBIME
Nepal Life