बजेटका विषयमा राष्ट्रपतिलाई ब्रिफिङ, सहमतिमा बजेट ल्याउन आग्रह

बिजमाण्डू
२०६९ असार २३ गते ००:०० | Jul 7, 2012
बजेटका विषयमा राष्ट्रपतिलाई ब्रिफिङ, सहमतिमा बजेट ल्याउन आग्रह


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शनिवार राष्ट्रपति डा. रामवरण यादवसँग बजेटको व्रिफिङ गरेका छन् । राष्ट्रपति यादवलाई भेट्न शितलनिवास पुगेका अर्थमन्त्री पुनले झण्डै अढाई घण्टा लगाएर बजेटको व्रिफिङ गरेका थिए ।
साँझ पाँच बजे राष्ट्रपति निवास पुगेका अर्थमन्त्री पुनले बजेटको तयारी र त्यसको प्रस्तुतीका विषयमा पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए । अर्थमन्त्री पुनलाई राष्ट्रपति यादवले बजेटमा विवाद बढ्दै गएको बताउँदै सहमतिमा मात्र बजेट जारी गर्न सम्झाएका थिए ।
सात दिनपछि जारी गरिने बजेटका विषयमा सरकार र विरोधी दलवीच विवाद छ । सरकारले असार मसान्तमा पूर्ण बजेट जारी गर्ने तयारी गरिरहेको छ । उता काँग्रेस एमाले लगायतका दलले सहमति विना बजेट बनाउने अधिकार सरकारलाई नभएको भन्दै बजेट अध्यादेश अस्वीकृत गर्न राष्ट्रपतिलाई लिखित पत्र बुझाएका छन् ।
सरकारले चार खर्ब ३० अर्ब रुपैयाँ हाराहारीको बजेट तयारी गरिरहेको छ । शुक्रवार मात्रै आफूलाई भेट्न आएका नेपाल चेम्वर अफ कमर्शका पदाधिकारीसँग प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्ण बजेट आउने प्रष्ट पारेका थिए । लगानीकर्तालाई आर्कषित गर्न पनि पूर्ण बजेट आवश्यक भएको प्रधानमन्त्रीको ठम्याइ छ ।

Tata
GBIME