सुन्धाराको सिभिल मल पसल कलव विक्री गर्दै

बिजमाण्डू
२०६९ असोज १४ गते ००:०० | Sep 30, 2012
सुन्धाराको सिभिल मल पसल कलव विक्री गर्दै

काठमाडौं । सुन्धारामा सञ्चालनमा रहेको सिभिल मलले पसलको स्पेश बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले दोस्रो, तेस्रो, र चौथो तल्लामा रहेका पसलकवल यही असोज २०देखि बिक्री खुल्ला गर्ने भएको हो ।
कम्पनीका अनुसार प्रत्येक पसलको औसत आकार ४ सय ५० वर्ग फिट छ । सुरुवातमा भाडा लगाएर मल सुरु गरेको थियो । यो मल सन् २०१०देखि सञ्चालनमा आएको थियो । मलमा दैनिक करिब ७ हजार भन्दा बढीको आवतजावत गर्ने दावी गरिएको छ । दुई तल्ले अन्डरग्राउन्ड पार्किङ रहेको मलमा १ सय २५ वटा कार र एक सयवटा मोटरसाइकल पार्किङ गर्ने क्षमता छ । चारवटा लिफ्टसहित हरेक तल्लामा एस्केलेटर र अनेकथरी वस्तुका पसलहरु रहेका छन् । मलमा ९ सय ५० सिट क्षमता भएका क्यूएफएक्स सिनेमाका तीन वटा हल रहेको छ भने फूडकोर्ट समेत छ । कम्पनीले औसत भाडादर प्रतिवर्ग फिट १ सय ३० देखि १ सय ७६ रुपैयाँसम्म पाइने भएकोले लगानीकर्ताका लागि आर्कषक प्रतिफल पाउने दावी गरेको छ ।

Tata
GBIME
Nepal Life