काठमाडौं । गत आर्थिक वर्षभन्दा आधाले मात्रै लाभांस आउने खबर प्रकासित भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा त्यसको असर परेको छ । विहिवार इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य ७ रुपैयाँले तल झरेर ५४० रुपैयाँमा कारोवार भएको छ । चिलिमे हाइड्रोको सेयर मूल्य समेत थप आठ रुपैयाँले तल झरेर प्रतिकित्ता ८७० रुपैयाँमा कारोवार भएको छ ।
विहिवार नबिल बैंक, चार्टड बैंक, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंकको सेयर मूल्य बढ्यो । विहिवार टेलिकमको सेयर मूल्य समेत ६०६ रुपैयाँ पुगेको छ । विहिवार टेलिकमको सेयर मूल्य १० रुपैयाँले बढेपछि छ सयको सीमा पारी पुगेको हो । ठूला बैंक र टेलिकमको सेयर मूल्य बढेपछि विहिवार नेप्सेमा हरियो बत्ती बल्यो । ठूला बैंकको सेयर मूल्यमा गिरावट आए पछि नेप्से केही दिनदेखि तल झरेको थियो ।