सुन तोलामा पाँच सय रुपैयाँ घट्यो, मूल्य ५९ हजार सात सय, चाँदी उस्तै

बिजमाण्डू
२०६९ असोज ११ गते ००:०० | Sep 27, 2012
सुन तोलामा पाँच सय रुपैयाँ घट्यो, मूल्य ५९ हजार सात सय, चाँदी उस्तै

काठमाडौं ।  विहिवार सुन तोलामा पाँच सय रुपैयाले घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले विहिवारको लागि छापावाला  सुन प्रति तोलाको ५९ हजार सात सय रुपैया तोकेको छ ।
साताको पहिलो दिन तोलामा पाँच सय रुपैयाले घटेर कारोवार सुरु भएको सुनको कारोवार सोमवार पुन तोलामा सातसय रुपैयाँ घटेको थियो । मंगलवार सुन तोलामा चार सय रुपैयाले बढेर  ६० हजार दुइ सय रुपैयामा कारोवार भएको थियो ।
बुधवार भने सुनको मुल्यमा कुनै परिवर्तन भएन । विहिवार पनि चाँदीको मुल्यमा कुनै परिवर्तन भएन । चाँदी प्रति तोलाको एघार सय ८५ रुपैयामा कारोवार भएको छ ।

Tata
GBIME
Nepal Life