बजारमा एमआरपीको छैन असर, सरकारले तोकेभन्दा बढी मूल्यमा विक्री गरिरहेका छन् व्यापारी

बिजमाण्डू
२०६९ असोज ११ गते ००:०० | Sep 27, 2012

बसन्त खड्का/बिजमाण्डू
काठमाडौं । कडाई गर्न नसकेपछि व्यापारीसँगको सहमतिमा घोषणा भएको दैनिक उपभोग्य वस्तुको अधिकतम खुद्रा मुल्य (एमआरपि) कार्यान्वयन भएको छैन ।
राष्ट्रिय उपभोक्ता मञ्चले गरेको अनुगमनका क्रममा सरकारले तोकेको एमआरपि भन्दा बढी रकम लिएर व्यापारीहरुले खाद्यान्न विक्री गरेका छन् । गत भदौ २८ गते उपभोक्तालाइ राहात दिन सरकारले दैनिक उपभोग्य वस्तुको अधिकतम खुद्रा मुल्य  (एमआपी) निर्धारण गरेको थियो ।
सरकारले निर्धारण गरेको मुल्य अनुसार सोना मन्सुली प्रति एक किलोको मुल्य ३६ रुपैया छ भने बजारमा यो ४५ रुपैया किलोमा विक्री भइरहेको छ । त्यस्तै जिरा मसिनोको तोकिएको मुल्य किलोको ५५ रुपैयाँ भए पनि बजार ६० रुपैयाँभन्दा बढीमा विक्री भैरहेको छ ।
सरकारले जिरा मसिनो उसिना चालमाको ६० रुपैयाँ मूल्य तोके पनि बजार यो ६२ रुपैयाँमा विक्री भैरहेको छ ।
मासको दाल मझौलाको मुल्य ९६ रुपैया तोकिए पनि बजारमा एक सय रुपैयाँमा, मासको दाल ठुलोलाई १०५ रुपैयाँ तोकिए पनि बजार ११० रुपैया, त्यस्तै मुसुरो मझौला दालको मुल्य ९३ रुपैया तोकिए पनि बजारमा एक सय रुपैयाँमा विक्री भैरहेको छ ।
मुगी खोस्टा मझौलालाई सरकारले ११७ रुपैया निर्धारण गरेको थियो तर बजारमा १२५ रुपैयाँमा, मुगी खोस्टा ठुलोको १२७ रुपैयाँ तोकिए पनि बजारमा १३० रुपैयाँमा विक्री भैरहेको छ । सरकारले चनाको मूल्य प्रति किलो १०७ रुपैयाँ तोके पनि बजारमा  ११० रुपैयाँ, बोडि ९५ रुपैयाँ तोकिए पनि ११० रुपैयाँ राजमा रातो १०५ तोकिए पनि बजारमा १६० रुपैयाँ राजमा सेतो ११० तोकिए पनि बजारमा १६० रुपैयामा विक्री भैरहेको छ ।
सरकारले भटमासको तेल प्रति लिटर १३० रुपैया तोके पनि १४५ रुपैयाँ, तोरीको तेल नभुटेको १४५ रुपैयाँ तोके पनि १५५ रुपैयाँ, तोरीको तेल भुटेको दुई सय रुपैया तोके पनि २१० रुपैयाँ तथा सनफ्लावर तेल १७० रुपैयाँ तोके पनि १७४ रुपैयाँमा खरिद विक्री भैरहेको छ । सरकारले दैनिक खाद्य वस्तुमा एमआरपी तोकेपछि  निजि क्षेत्रबाट विक्रि वितरण हुने खाद्यवस्तु दुइदेखि पाँच रुपैया बढी मुल्यमा विक्री भैरहेको छ ।

Tata
GBIME
Nepal Life