सिजी मार्टको डिल्लीबजारमा तेस्रो शाखा, तीन वर्षमा तीन सय आउटलेट खोल्ने महत्वाकांक्षी योजना

बिजमाण्डू
२०६९ असोज ११ गते ००:०० | Sep 27, 2012

काठमाडौं । चौधरी समूहको सिजी मार्टले डिल्लीबजारमा तेस्रो शाखा खोलेको छ । मीनभवन र त्रिपुरेश्वरपछि कम्पनीले डिल्लीबजारको सनराइज बिज टावरमा मार्ट सञ्चालनमा ल्याएको हो ।
मार्टमा खाद्यान्न, घरायसी, सौन्दर्य सामाग्री, विभिन्न मुलुकबाट आयात गरिएको खाद्यान्न पेय र उपभोग्य वस्तु राखिएको कम्पनीले जनाएको छ । विहान ८ बजेदेखि वेलुका १० बजेसम्म यो मार्ट खुल्ला रहन्छ ।
कम्पनीले मार्टमा गुणस्तरीय वस्तु सुपथ मूल्यमा दिने जनाएको छ । कम्पनीले राजधानीमा एकवर्षको अवधिमा १० देखि १२ वटा मार्ट खोल्ने जानकारी दिएको छ । यो वाहेक राजधानी वाहिर विराटनगर, पोखरा, बुटवल लगायतका सहरमा शाखा विस्तार गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीले  तीन वर्षको अवधिमा तीन सय आउटलेट खोल्ने लक्ष्य राखेको जनाएको छ ।

Tata
GBIME
Nepal Life