दशैंको टिकट बुकिङ आजदेखि खुला, नयाँ बसपार्कबाट अग्रिम बुकिङ

बिजमाण्डू
२०६९ असोज १० गते ००:०० | Sep 26, 2012

काठमाडौं । दशैंका लागि यातायात व्यवसायीले आजदेखि अग्रिम बुकिङ खुला गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गोगंबुको नयाँबस पार्कबाट अग्रिम बुकिङ खुल्ला गरेको हो । दशैमा यात्रुलाई घर जान सजिलो होस् भनेर अग्रिम बुकिङ खुल्ला गरेको हो । महासंघका कोषाध्यक्ष सरोज सिटौलाले यात्रुलाई सजिलोका लागि टिकटको अग्रिम बुकिङ खुल्ला भएको जानकारी दिए ।
‘विगतको दशैजस्तै अग्रिम बुकिङ खुल्ला गरेका छौ । तोकिएको बुकिङ काउन्टरमा गएर टिकट लिन सक्नुहुन्छ,’ उनले भने । दशैमा यात्रु नठगिनको लागि बसपार्कमा टिकट काट्ने कर्मचारीलाई परिचयपत्र दिइएको महासंघले जनाएको छ । दसैको बेलामा बसहरु थप्ने तयारी भइरहेको महासंघले जनाएको छ ।

Tata
GBIME
Nepal Life