दियालोले प्रस्ताव गर्यो साढे १७ प्रतिशत नगद लाभांस, गण्डकीको साढे १४ प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०६९ असोज ९ गते ००:०० | Sep 25, 2012

काठमाडौं । नाफा घटे पनि गतवर्ष साढे १० प्रतिशत नगद लाभांस दिएको दियालो विकास बैंकले यो वर्ष साढे १७ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको स्वीकृती र साधरणसभाको अनुमोदनपछि वितरण गर्ने गरी नगद लाभांसको प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्षमा एक करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो बैंकले त्यसअघिल्लो आर्थिक वर्षमा एक करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । स्टक एक्सचेञ्जमा बैंकको पछिल्लो कारोवार जम्मा ९३ रुपैयाँमा भएको थियो ।
उता मंगलवार गण्डकी विकास बैंकले पनि लगानीकर्तालाई साढे १४ प्रतिशत बोनस सेयर दिन प्रस्ताव गरेको छ । बैंकले गतवर्ष लगानीकर्तालाई १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिएको थियो । यो वर्षको बोन सेयर वितरण गर्दा लाग्ने कर पनि बैंकले नै व्योहार्ने छ ।
गण्डकीले गत आर्थिक वर्षमा तीन करोड ९२ लाख रुपैयाँ मुनाफा कमाएको थियो । यो अघिल्लो वर्षको तुलनामा २२ लाख रुपैयाँले कम हो । बैंकले आर्थिक वर्ष २०६७÷६८ मा चार करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको सेयर मूल्यको अनुपातमा यो प्रतिफल ठूला बैंकको तुलनामा आर्कषक हो ।

Tata
GBIME
Nepal Life