डाउनटाउन हाउजिङको दशैं बोनाञ्जा, अपार्टमेन्टमा आठ लाखदेखि ३७ लाख रुपैयाँसम्म छुट

बिजमाण्डू
२०६९ असोज ९ गते ००:०० | Sep 25, 2012
डाउनटाउन हाउजिङको दशैं बोनाञ्जा, अपार्टमेन्टमा आठ लाखदेखि ३७ लाख रुपैयाँसम्म छुट

काठमाडौं । डाउनटाउन हाउजिङ कम्पनीले दशैतिहारको अवसरमा अपार्टमेन्टमा छुट योजना ल्याएको छ । कम्पनीले एक बेडरुम सहितको अपार्टमेन्टमा ८ लाख रुपैयाँ छुट दिएको छ । यो अपार्टमेन्टलाई कम्पनीले २४ लाख ४२ हजार मूल्य तोकेको छ ।
दुई बेडरुम सहितको अपार्टमेन्टमा १३ लाख छुट दिएर ४२ लाख २९ हजार रुपैयाँमा दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तीन बेडरुमको अपार्टमेन्टमा १० लाख छुट दिएर ५७ लाख ८४ हजारमा बिक्री गर्ने योजना ल्याएको छ भने पेन्ट हाउसमा ३७ लाख छुट दिएर १ करोड १५ लाखमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।
ललितपुरको धापाखेलमा दुई वटा युनिटमा २ सय १० वटा अपार्टमेन्ट बनिसकेको कम्पनीका अध्यक्ष मीनमान श्रेष्ठले बताए । यस्तै ब्रज सांग्रिला रेसिडेन्सी प्रालिले सानेपा धोविघाट ललितपुरमा रहेको हाउजिङले नयाँ योजना ल्याएको छ । नयाँ योजना अनुसार  दुई बेडरुम अपार्टमेन्टलाई दुई वर्षसम्म प्रतिमहिना २५ हजार भाडा ग्यारेन्टी दिइनेछ ।
चार बेडरुम अपार्टमेन्टमा दुई वर्षसम्म ५० हजार भाडा ग्यारेन्टी दिने कम्पनीले जनाएको छ । कम्पनीले दुई बेड अपार्टमेन्ट बेडरुमको ४३ लाख ९९ हजार, तीन बेडरुम अपार्टमेन्टको ८४ लाख ९९ हजार र चार बेडरुम अपार्टमेन्टको ९१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

Tata
GBIME
Nepal Life