रन सुज बजारमा, सबै जुत्तामा छ महिनाको वारेन्टी

बिजमाण्डू
२०६९ असोज ९ गते ००:०० | Sep 25, 2012

काठमाडौं । रन सुज इन्डस्ट्रिजले डेढ सयभन्दा बढी मोडलका जुत्ता बजारमा ल्याएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेत, छाला जुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्याय, कम्पनीका प्रवन्ध निर्देशक रुद्र न्यौपाने र नायक जीवन लुईँटेलले संयुक्त रुपमा जुत्ताको बिक्री सुभारम्भ गरे । कम्पनीले क्याजुअल, स्कुल, कलेज, र पार्टी जुत्ता बजारमा ल्याएको हो । कम्पनीले सबै जुत्तामा ६ महिनाको वारेन्टी दिएको छ ।

Tata
GBIME
NLIC