
गोरखा । मनास्लुको हिमपहिरो मा मृत्यु थप छ जनाको शव सोमवार काठमाडौं लगिएको छ । फिस्टेल र सिम्रिक एयरका हेलिकोप्टरले घाइते पाँच जनालाइ उपचारका लागि काठमाडौं लगेका छन् । पहिरोले ११ जनाको मृत्यु भएको थियो भने अझै केही हराइरहेका छन् । पहिरोमा १८ जना घाइते भएका थिए । पहिरोमा परेका अधिकांश युरोपेली हुन् भने केही नेपाली गाइड पनि परेका छन् ।
सोलुखुम्बु खुम्जुङका बाबु दोर्जे शेर्पा र जर्मन नागरिक क्रिस पिन मिटरमिएरको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । सनाखत भएकाहरुको शब हिजै काठमाडौं लगिएको थियो । अन्य ९ जनाको शब बेसक्याम्पको आधार शिविरमै राखिएको थियो । गम्भीर पाँच जनालाइ उपचारका लागि हिजै काठमाडौं ल्याइएको थियो ।
हिमपहिरोमा पुरिएका १२ जनाको उद्धार गरिएको थियो । घाइतेको थापाथलीस्थित नर्भिक अस्पतालमा र सिभिक अस्पताल लाजिम्पाटमा उपचार भइरहेको छ । गोरखाको उत्तरी गाविस समागाउ“को वडा नम्बर ४ को सात हजार मिटर उचाईमा रहेको मनास्लु हिमालको बेस क्याम्पमा हिमपहिरो गएको हो ।
सिम्रिक र फिस्टेल एयरका तीन हेलिकोप्टर उद्धारका लागी दिउँसो घटनास्थल पुगेका थिए । गोरखाका प्रहरी नायव उपरिक्षक बसन्त कुँवरका अनुसार बाक्लो हुस्सुका कारण आइतबार उद्धार गर्न कठिनाइ भएको थियो । मनास्लु बेस क्याम्पको २ र ३ नम्बरमा गएको पहिरोमा परि पर्यटकहरु बेपत्ता भएका हुन् । बिहानको १० बजेतिर खाजा खाने समयमा पहिरो गएको प्रहरीले जनाएको छ । ती पर्यटकहरु थामर्सेकु, हिमालयन गाईड, चायु, र सेभेन नामको ट्रेकिङ एजेन्सीबाट मनास्लु क्षेत्र पुगेका हुन् । (तस्वीरहरू डेलीमेलबाट साभार)