सोमवार सुन तोलामा सात सय रुपैयाँ घट्यो, मूल्य ६० हजार तल झर्यो

बिजमाण्डू
२०६९ असोज ८ गते ००:०० | Sep 24, 2012
सोमवार सुन तोलामा सात सय रुपैयाँ घट्यो, मूल्य ६० हजार तल झर्यो


काठमाडौं । सोमवार सुन तोलामा सात सय रुपैया घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले सोमवारको लागि छापावाला सुन प्रति तोलाको ५९ हजार आठ सय रुपैया तोकेको छ ।
आइतवार सुन तोलामा पाच सय रुपैयाँले घटेर प्रति तोलाको ६० हजार पाँच सय रुपैयामा कारोवार भएको थियो । केहि दिन यता अन्तराष्ट्रिय बजारसगै नेपालको आन्तरिक बजारमा पनि सुनको मुल्य लगातार रुपमा घटिरहेको छ ।
सोमवार चाँदी तोलामा १५ रुपैयाले घटेर प्रति तोलाको ११ सय ८५ रुपैयामा कारोवार भएको छ । आइतवार चाँदी प्रति तोलामा ९ रुपैया घटेर १२ सय रुपैयामा कारोवार भएको थियो ।

Tata
GBIME