
काठमाडौं । कफी टक नेपालले महाराजगञ्ज अमेरिकी दूतावास अगाडी दोस्रो आउटलेट खोलेको छ । नेपाली अर्गानिक कफी प्रवद्र्धन गर्ने उदेश्यले कफी टक स्थापना भएको हो । कमलपोखरीको मार्कोपोलो होटलको पहिलो तल्लामा यसको पहिलो शाखा छ । नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादित ५० भन्दा बढी स्वादप्रति उपभोक्ता आर्कषित भएको सञ्चालक नारायण खकुरेलले बताए । उनका अनुसार आउटलेटमा ४५ सिटसहित छुटाछुट्टै बुक गर्न मिल्ने सर्भिस हल रहेको छ ।