घर र गाडी कर्जामा बैंकको प्रतिश्पर्धा, सिटिजन्सको १० प्रतिशतमा घर, बिओएको सवारी

बिजमाण्डू
२०६९ असोज ४ गते ००:०० | Sep 20, 2012

काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले साढे १० प्रतिशत ब्याजमा नै घर कर्जा दिने भएको छ । बैंकले अधिकतम २५ वर्षसम्मका लागि यो ऋण उपलब्ध गराउने जनाएको छ । यो ग्राहकलाई दिएको ब्याज तीन वर्षसम्म परिवर्तन नहुने बैकले जनाएको छ । सर्वसाधरणलाई घर किन्न सजिलो बनाउने उदेश्यले सस्तो घर कर्जा ल्याएको बैकले जनाएको छ ।
यसैगरी बैक अफ एसियाले पनि सस्तो सवारी कर्जा ल्याएको छ । पछिल्लो समयमा सवारी कर्जामा वाणिज्य बैकको प्रतिस्पर्धा चलिरहेको बेला बैकले १० प्रतिशतमा सवारी कर्जा योजना ल्याएको हो ।

Tata
GBIME