
काठमाडौं । युएईको राष्ट्रिय ध्वजावाहक इतेहाद एयरलाइन्सले पाँचौ वार्षिकउत्सवको अवसरमा सस्तो भाडा सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न देशको इकोनोमी क्लासको भाडामा व्यापक छुट दिएको छ ।
कम्पनीका अनुसार कर वाहेक पेरिस, फ्याङफट्, लन्डन, म्युनिक, ब्रसेल्स, म्यानचेस्टर, मिलान र जेनेभाको दुईतर्फी भाडा क्रमश ७९ हजार ७ सय २, ८२ हजार ८ सय ४१, ९० हजार ५ सय १९, ९४ हजार ९ सय ९१, १ लाख १३ हजार २ सय ५४, १ लाख १७ हजार ७ सय ८० र १ लाख १८ हजार ८ सय ८० तोकेको छ । अनलाईन बुकिङ गरेर सस्तो टिकट लिन पाइने कम्पनीले जनाएको छ ।