डलर कार्डबाट जुवादेखि बीमा शुल्कसम्म तिर्न राष्ट्र बैंकको रोक, यी हुन् रोक लगाएका क्षेत्र



बिजमाण्डू
२०७९ भदौ १४ गते १६:१५ | Aug 30, 2022
डलर कार्डबाट जुवादेखि बीमा शुल्कसम्म तिर्न राष्ट्र बैंकको रोक, यी हुन् रोक लगाएका क्षेत्र

काठमाडौं। नेपाल राष्ट्र बैंकले डलर कार्डमार्फत भुक्तानीमा सर्त राखेको छ। राष्ट्र बैंकले १८ वटा वस्तु तथा सेवा खरिदमा डलर कार्ड प्रयोग गर्न नपाइने शर्त राखेको छ।

Tata
GBIME
Nepal Life

अनलाइन मार्फत् विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानी प्रयोजनका लागि राष्ट्र बैंकले ५०० डलर बराबरको प्रिपेड कार्ड जारी गर्न वाणिज्य बैंक र विकास बैंकलाई स्वीकृति दिएको थियो। यसमा राष्ट्र बैंकको विभिन्न १६ वटा शर्तहरु थिए।

डलर कार्डबाट चाहिने/नचाहिने वस्तु तथा सेवा खरिद हुन थालेपछि उसले केही शर्तहरु थप गरेको हो। राष्ट्र बैंकले मर्चेन्ट क्याटोगोरी कोड भित्रका १८ वस्तु तथा सेवामा कार्ड प्रयोग गरेर भुक्तानी नगर्न भनेको हो।

मनी अर्डर (वायर ट्रान्सफर), बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), वित्तीय कारोबारको शुल्क, धितोपत्र दलाल/डिलर्स, बीमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल इस्टेट एजेन्ट तथा म्यानेजर (रेन्टल) लाई कार्डमार्फत भुक्तानी गर्न नपाइने भएको छ।

साथै वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा, कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठनलाई कार्डमार्फत भुक्तानी गर्न नपाइने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।