सुरज आर्केडमा काठमाडौं महानगरको नजर : बेसमेन्ट पार्किङका लागि खाली गराउन निर्देशन



समर्थ रञ्जित/बिजमाण्डू
२०७९ भदौ १३ गते १२:२६ | Aug 29, 2022

काठमाडौं। न्युरोडस्थित सुरज आर्केडको बेसमेन्टमा रहेको अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाको टोली त्यहाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

पार्किङको लागि अनुमति लिएर व्यवसाय सञ्चालन गरेपछि सो हटाउन महानगरको टोलीको आर्केड पुगेको हो।

महानगरको टोली त्यहाँ पुग्दा बेसमेन्टका व्यवसाय बन्द गरिएको थियो। व्यवसायीहरुले आफैँ नै हटाउने बताएपछि टोली ‘वार्निङ’ दिएर फर्किएको छ।

काठमाडौंका मेयर बालेन शाहले अनधिकृत रुपमा बनाएका संरचना हटाउने अभियान सुरु गरेका छन्। जसअन्तर्गत केहीदिन अघि काठमाडौंको सुन्धरास्थित काठमाडौं मल, आरबी कम्प्लेक्स, नयाँ बानेश्वरस्थित अल्फाबिटालगायत क्षेत्रमा अनाधिकृत रुपमा बनाएका संरचना हटाइएको थियो।